अमेरिकामा पत्नी र छोराको हत्यामा दोषी ठहरिएका एक वकिललाई आर्थिक अपराधमा थप ४० वर्षको कारागार सजाय

इनेप्लिज २०८० चैत १९ गते २२:४८ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनामा पत्नी र छोराको हत्यामा दोषी ठहरिएका एक वकिललाई आर्थिक अपराधमा थप ४० वर्षको कारागार सजाय सुनाईएको छ ।

एलेक्स मर्डक नामक वकिलले आफ्ना ग्राहक र उनको कानुनी व्यवसायबाट चोरी गरेको आरोप सहित संघीय कारागारमा ४० वर्षको सजाय सुनाईएको हो ।

अमेरिकाको साउथ क्यारोलाईना राज्यमा सोमबार अदालतले उनलाई संघीय कारागारमा ४० वर्षको सजाय सुनाएको छ ।

आफ्नी श्रीमती र बच्चाको हत्याको लागि पहिले नै दुई आजीवन कारावासको सजाय भोगिरहेका एलेक्स मर्ड़कलाई सोमबार आर्थिक अपराधको लागि थप ४० वर्षको कारागार सजाय सुनाइएको छ ।

आजीवन कारावासको साथसाथै उनले आफू दोषी भएको स्वीकार गरेका छन । उनलाई कूल २२ वटा संघीय अपराधका गणनाहरू लगाईएका छन ।

उनि तीन वर्षअघि सानो ह्याम्पटन काउन्टीमा लाखौ लाख डलरको बस्तीमा वसोवास गर्ने स्थापित अधिवक्ता थिए । उनको परिवारका सदस्यहरूले पुस्तौ देखि उक्त शहरमा कानुनी सेवा गरेका थिए भने एक शताब्दीसम्म उक्त क्षेत्रको प्रमुख कानुनी व्यवसाय संचालन गर्दै आएका थिए ।

५५ वर्षीय मर्ड़कले गत सेप्टेम्बरमा आफ्नो साउथ क्यारोलाइना कानुनी फर्म(व्यवसाय)बाट लाखौं डलर चोरी गरेकोमा बैंक ठगी, बिधुतिय जालसाजी र आर्थिक शोधन (मनि लान्ड्रिङ)लगायत २२ संघीय आरोपमा दोषी पाइएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड गेर्गेलले सजाय सुनुवाइको क्रममा भने मैले यस प्रकारको आचरण र धेरै वर्षहरूमा यस्तो ठूलो ठगी देखेको छैन ।

प्रतिक्रिया