डिसी महानगर क्षेत्रमा २ पुरुषद्वारा ३६ वटा सशस्त्र डकैती र लुटपाटको प्रयास गरेको आरोप स्वीकार

इनेप्लिज २०८० चैत १८ गते १५:५३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रहरुमा २ पुरुषहरुले ३६ वटा सशस्त्र डकैती र लुटपाटको प्रयास गरेको आरोप स्वीकार गरेका छन् ।

दुई जना पुरुषहरूले यस हप्ता उनीहरुले आरोप स्वीकार गरेका हुन् । प्रहरीहरुका अनुसार उनीहरुले तीन दर्जन सशस्त्र डकैतीहरू सन् २०२२ मा शृंखलागत रुपमा गरेका थिए ।

उनीहरुले इन्धन चौकी (ग्यास स्टेशन)हरू, सुविधा पसलहरू, चमेनागृहहरू, नगद व्यवसायहरू,डिसीका मदिरा पसलहरू सहित विभिन्न कम्पनी (प्रतिष्ठान)हरूमा लुटपाट गर्ने प्रयास गरेका थिए।

३० वर्षीय स्टेफन ह्यारिगनले सोमबार मार्च २५ र ३० वर्षीय टाभरस थम्पसनले मार्च २९ शुक्रबारमा डकैती र बन्दुक राखेको आरोपमा दोषी स्वीकार गरेको अधिवक्ताको कार्यालयले जनाएको छ ।

अदालतका कागजातहरूका अनुसार ह्यारिगनका भाइ २८ वर्षीय आरोन ह्यारिगनले अक्टोबर ३,२०२३ मा चारवटा डकैतीमा संलग्न भएकोमा दोषी स्वीकार गरे। उनलाई सेप्टेम्बर २५, २०२३ मा ७ वर्षको कैद सजाय सुनाइएको थियो।

स्टेफन र थम्पसनले अरू ३४ वटा पसलहरू लुटेका थिए । घटनाका क्रममा उनीहरुले बन्दुक देखाएर पैसा मागेका थिए । तिनीहरूले प्राय: पसलहरू र कम्पनि (प्रतिष्ठान)हरूमा रहेका व्यक्तिहरूको सम्पत्तिबाट पैसा र अन्य सम्पत्ति चोर्ने गरेको एबिसी७ ले समाचार लेखेको छ ।

थम्पसनलाई मार्च १८, २०२२ मा साउथ क्यारोलाईनाबाट पक्राउ गरिएको थियो र आरोनलाई मार्च २९, २०२२ मा पक्राउ गरिएको थियो।

प्रतिक्रिया