युक्रेनले अमेरिकी सहायता ढिलो पाएमा युक्रेनी सेनाले थप भूभाग रूसलाई हस्तान्तरण गर्नुपर्नेछ : जेलेन्स्की

इनेप्लिज २०८० चैत १७ गते १०:०५ मा प्रकाशित

अमेरिकी सैन्य सहायता चाँडै आई पुगेन भने त्यस्तो अवस्थामा युक्रेनी सेनाले थप भूभाग रूसलाई हस्तान्तरण गर्नुपर्नेछ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने । उनले अमेरिकी कांग्रेसलाई अर्बौं डलरको सहायता पारित गर्न आफ्नो पछिल्लो अपीलमा चेतावनी दिएका छन्।

राष्ट्रपति जो बाइडेनको प्रशासनले सिनेटमा पारित भएको एक महिना भन्दा बढी समयदेखि ९५ बिलियन अन्तर्राष्ट्रिय सहायता सम्पुष्टि (प्याकेज )तयार अवस्थामा छ । जसमा युक्रेनका लागि ६० बिलियन समावेश गरिएको छ भने त्यो प्रदान गर्न अझै संघर्ष गरिरहेको सिएनएनले जनाएको छ ।

जेलेन्स्कीले सहायताको अभाव तत्काल रहेको र युक्रेनका प्रमुख शहरहरूलाई खतरामा पार्नसक्ने उनले चेतावनी दिएका छन् ।

यदि अमेरिकी समर्थन नहुने हो भने यसको मतलब यो हो कि हामीसँग कुनै हवाई रक्षा छैन, कुनै क्षेप्यास्त्र हुदैन ,उनले वाशिंगटन पोस्टलाई गत शुक्रबार दिएको एक अन्तर्वार्तामा भने। यसको मतलब चरण चरणमा र पाइला पाइलामा हामी पछाडि जान्छौं, पछि हट्नेछौं।

दुई वर्षअघि मस्कोले आक्रमण गरेदेखि युक्रेनको पूर्वी भूभाग रुसी सेनाको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया