अमेरिकाको इलिनोइस राज्यमा छुरा प्रहारपछि हुलाक कर्मचारी सहित ४ जनाको मृत्यु, १ जनाको अवस्था गम्भीर

इनेप्लिज २०८० चैत १५ गते ११:३२ मा प्रकाशित

अमेरिकाको इलिनोइस राज्यमा छुरा प्रहारपछि ४ जनाको मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

गत बुधवार रकफोर्ड इलिनोइस क्षेत्रमा एक वयस्क पुरुषले धेरै जनालाई छुरा प्रहार गर्दा चार व्यक्तिको मृत्यु भयो, एक गम्भीर अवस्थामा रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूले बुधवार एक पत्रकार सम्मेलनमा चार अन्यको अवस्था स्थिर रहेको बताए ।

मृत्यु हुने चार जना मध्ये एक हुलाक कर्मचारी पनि रहेको रकफोर्ड प्रहरीले पुष्टि गरेको छ ।

बुधबार अबेर राति प्रहरीले एक विज्ञप्ति जारी गर्दै मृत्यु हुनेमा १५ वर्षीया महिला, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय पुरुष रहेको जनाएको छ ।

रकफोर्ड प्रहरीले २२ वर्षीय संदिग्धलाई दिउँसो १:३५ मा हिरासतमा लिइएको बताएको छ ।

आक्रमणहरू स्थानीय समय अनुसार दिउँसो १:१५ बजे होम्स स्ट्रिट(गल्ली) क्लिभल्याण्ड एभिन्यू (मार्ग)र एग्लेस्टन रोड (सडक )नजिकै भएका थिए।

प्रतिक्रिया