अमेरिकी पावरबल नामक चिट्ठा कसैलाई परेन , अबका महाभाग्यशालीले ९३५ मिलियन डलर जित्ने

इनेप्लिज २०८० चैत १५ गते १०:२७ मा प्रकाशित

अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि अब आगामी शनिबार खुल्ने चिट्ठाको कुनै पनि भाग्यशालीले ९३५ मिलियन डलर हात पार्ने छन् ।

गत बुधबार राती उक्त चिट्ठा खोल्दा सबै ६ अंक कसैले पनि नमिलाएकोले ८३५ मिलियन डलरबाट रकम वृद्धि भै ९३५ मिलियन डलर पुगेको छ । पावरबलको संजालस्थल (वेबसाइट)मा दिएको सूचना अनुसार सबै ६ अङ्क नमिले पछि अब आगामी मार्च ३० का दिन खुल्नेछ ।

गत बुधबार खोलिएको चिट्ठाको अङ्कहरु क्रमस सेतो भकुण्डो ३७, ४६, ५७, ६०, ६६ र रातो भकुण्डो ८ रहेको छ । यो गत जनवरी १ नयाँ बर्ष देखि अहिले सम्म ३७ औ पटक सम्म पनि कसैले सबै ६ अङ्क मिलाउन नसकेको एपीले जनाएको छ ।

त्यो खेलको इतिहासमा पाँचौं-सबैभन्दा ठूलो पुरस्कार हुनेछ।

अब बाजी मार्ने महाभाग्यशाली बिजेताले नगद ४४९. ७ मिलियन डलर प्राप्त गर्नेछन । पछिल्लो पटक पावरबल चिट्ठा जनवरीमा मिशिगनको एक टिकटले ८४२.४ मिलियन डलरको पुरस्कार पाएको थियो।

गत बुधवार बेचिएका कुनै पनि टिकटको सबै अङ्क मेल नखाएता तीनवटा टिकटहरुक सबै पाँचवटा सेतो भकुण्डो (बल)सँग मिलेकोले ३ जना खरिदकर्ताले १० लाख डलर (१ मिलियन) मिलियन पुरस्कार जितेको चिट्ठा अधिकारीले बताए। ती टिकटहरू एरिजोना, पेन्सिलभेनिया र टेक्ससमा बेचिएका थिए ।

पावरबलका अनुसार पुरस्कार जित्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुने जनाएको छ ।

पावरबल टिकटहरू २ डलरमा खरिद गर्न सकिन्छ । यो चिट्ठा खेल केवल अमेरिकाका ४५ वटा राज्यहरुमा मात्र खेलिन्छ । डिसी ,पुर्टो रिको र यूएस भर्जिन टापुहरूमा समेत टिकट बिक्रि गरिन्छ । अमेरिकाका अलाबामा,अलास्का ,हवाई ,नेभादा र युटाहा राज्यहरुमा पावर बल चिट्ठा खेलाईदैन ।

प्रतिक्रिया