न्यूजर्सीका एक महाभाग्यशालीले १.१३ बिलियन डलरको अमेरिकी मेगा मिलियन्स चिट्ठा जिते

इनेप्लिज २०८० चैत १४ गते १०:३१ मा प्रकाशित

अमेरिकाको अत्यन्तै लोकप्रिय मेगा मिलियन्स नामक चिट्ठा गत मंगलबार खोले पछि न्यूजर्सीका कुनै एक महाभाग्यशालीले १.१३ बिलियन (अरव )मिलियन डलर हात परेका छन् । राती चिट्ठा खोलिएको हुनाले सबै ६ अङ्क न्यूजर्सी राज्यका खरिदकर्तामा मिलाएका छन् ।

तर कसैले दाबी गरि सकेका छैन किनभने ठूलो राशीको चिट्ठा बिजेताले अधिकांशले नाम गोप्य पनि राख्दछन ।

यसैबीच ओहायोमा बेचेको टिकटले पनि सबै पाँच अङ्क मिलाएकोले १० लाख डलर बिजेता बनेको छ । त्यस्तै क्यालिफोर्निया, कोलोराडो, इलिनोइस, इन्डियाना, मिशिगन ,फ्लोरिडा, जर्जिया र न्यूयोर्कमा पाँच सेतो भकुण्डोहरु मिलाएको कारण १० लाख डलरको बिजेता भएका छन् । टिकट कहाँ बिक्री भयो भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन ।

गत मंगलबार खोलिएको चिट्ठामा विजयी संख्याहरू क्रमस ७,११,२२,२९,३८ र ४ मेगा बल(भकुण्डो)१६ अङ्क रहेका थिए ।

१.१३ बिलियन डलर विजेताले कर कटाएर नगद लिन चाहेमा ५३७.५ मिलियनको एकमुष्ट रकम लिन सक्नेछन् । या २९ वर्ष सम्म ३० वटा भुक्तानी गरि लिने विकल्प समेत रहेको छ ।

गत बर्ष डिसेम्बर ८ का दिन क्यालिफोर्नियाका दुई बिजेताले सबै ६ अङ्क मिलाएका कारण ३९५ मिलियन डलर घर लगेको फक्सन्यूजले जनाएको छ ।

यस्तै गरि अगस्त ८, २०२३ मा फ्लोरिडामा कीर्तिमान १.६०२ बिलियन डलरको चिट्ठा जितेका थिए । त्यो पुरस्कार एउटै टिकट खरिदमा जितेको संसारको सबैभन्दा ठूलो चिठ्ठा हो ।

मेगा मिलियन्स केवल ४५ वटा राज्यहरू वाशिंगटन डिसी ,यूएस भर्जिन लगायत अन्य टापुहरूमा मात्र खेलिन्छ। यो १.१ बिलियन डलरको चिट्ठा पाँचौं सबैभन्दा ठूलो पुरस्कार हो।

अमेरिकाका अलाबामा,अलास्का ,हवाई ,नेभादा र युटाहा राज्यहरुमा पावर बल चिट्ठा खेलाईदैन ।

प्रतिक्रिया