अध्यावधिक गरिएको : बाल्टिमोर पुल भत्किदा ८ जना भएको पुष्टी

इनेप्लिज २०८० चैत १३ गते १६:५६ मा प्रकाशित

अध्यावधिक गरिएको : मेरिल्याण्ड राज्यको बाल्टिमोर मॅगलवार पुल भत्किदा ८ जना भएको पुष्टी भएको छ ।

मेरिल्याण्डका यातायात प्रमुखले पुल भत्किँदा ८ जना पुलमा रहेको जानकारी गराएका छन ।

एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने ती मध्ये दुई व्यक्तिहरुको लेखाजोखा राखिएको छ ।

एक जना अस्पतालमा रहेको र एक जनाको अवस्थामा  ठिक रहेको बताए । अझै  छ जनाको खोजी जारी रहेको छ, उनले भने ।

फ्रान्सिस स्कट की ब्रिज अर्थात पुलमा जहाज ठोकिए पछि मॅगलवार बिहान आशिक रुपमा भत्किएको थियो।

मंगलबार एक विज्ञप्तिमा एफबीआईको बाल्टिमोर शाखाले  भत्किएको सम्बन्धमाआतंकवादसँग कुनै सम्बन्ध नभएको बताएको छ ।

प्रतिक्रिया