अमेरिकी पावरबल नामक चिट्ठा कसैले बाजी मार्न सकेन ,महाभाग्यशालीले ८६५ मिलियन डलर हात पार्ने

इनेप्लिज २०८० चैत १३ गते १०:२० मा प्रकाशित

अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि अब आगामी बुधबार खुल्ने चिट्ठाको कुनै पनि भाग्यशालीले ८६५ मिलियन डलर हात पार्ने छन् ।

गत सोमबार राती उक्त चिट्ठा खोल्दा सबै ६ अंक कसैले पनि नमिलाएकोले रकम वृद्धि भएको हो । पावरबलको संजालस्थल (वेबसाइट)मा दिएको सूचना अनुसार सबै ६ अङ्क नमिले पछि अब बुधबार खुल्ने छ ।

गत सोमबार खोलिएको चिट्ठाको अङ्कहरु क्रमस सेतो भकुण्डो ७,११,१९,५३,६८ र रातो भकुण्डो ३ रहेको थियो । यो गत जनवरी १ नयाँ बर्ष देखि अहिले सम्म ३६औ पटक सम्म पनि कसैले सबै ६ अङ्क मिलाउन नसकेको एपीले जनाएको छ ।

अब बाजी मार्ने भाग्यशाली बिजेताले नगद ४१६ मिलियन डलर प्राप्त गर्नेछन । पछिल्लो पटक पावरबल चिट्ठा जनवरीमा मिशिगनको एक टिकटले ८४२.४ मिलियन डलरको पुरस्कार पाएको थियो।

पावरबलका अनुसार पुरस्कार जित्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुने जनाएको छ ।

पावरबल टिकटहरू २ डलरमा खरिद गर्न सकिन्छ । यो चिट्ठा खेल केवल अमेरिकाका ४५ वटा राज्यहरुमा मात्र खेलिन्छ । डिसी ,पुर्टो रिको र यूएस भर्जिन टापुहरूमा समेत टिकट बिक्रि गरिन्छ । अमेरिकाका अलाबामा,अलास्का ,हवाई ,नेभादा र युटाहा राज्यहरुमा पावर बल चिट्ठा खेलाईदैन ।

प्रतिक्रिया