क्यालिफोर्नियामा पैदल यात्रामा हराएकी महिला झरनाको फेदमा मृत अवस्थामा फेला

इनेप्लिज २०८० चैत १३ गते ०:२१ मा प्रकाशित

क्यालिफोर्नियामा पैदल यात्रामा हराएकी महिला झरनाको फेदमा मृत अवस्थामा फेला परेकी छिन् ।

क्यालिफोर्नियाको कार्मेल उपत्यकाको झरनाको आधारमा ३० वर्षीया पैदलयात्री एक दिनको पैदल यात्रामा निस्किएकी चार दिनपछि मृत फेला परेको अधिकारीहरूले बताएका छन्।

क्यारोलिन मेस्टर नामक महिलाको शव गत शुक्रबार बिहान नजिकैको झरनामा उद्धार टोलीले फेला पारेको थियो। मेस्टरको मृत्युको सही कारण पत्ता लगाउन अदालतसम्बन्धी(फोरेनसिक) जाँच गरिने एनबिसीन्यूजले जनाएको छ ।

मेस्टर गत मार्च १८ का दिन मा लगभग १० बजे एकल पदयात्राको लागि गएकी थिइन् । उनी त्यही दिन नफर्किए पछि केन्द्रका कर्मचारीहरूले मोन्टेरी काउन्टी शेरिफको कार्यालयलाई सम्पर्क गरेका थिए ।

मेइस्टरका आमाबाबुका अनुसार उनि धेरै अनुभवी र उत्साही पदयात्री र उक्त क्षेत्रसँग धेरै परिचित थिइन् । उनी जेन सेन्टरमा बस्दै र काम गर्दै थिइन्।

प्रतिक्रिया