ट्रम्पले देवानी ठगी मुद्दामा ४६४ मिलियन डलरको सट्टामा केवल १७५ मिलियन डलर मात्र तिर्नु पर्ने ,ट्रम्प हर्षित

इनेप्लिज २०८० चैत १२ गते २३:४२ मा प्रकाशित

न्युयोर्कको एक पुनरावेदन अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देवानी (सिभिल )ठगी मुद्दामा ४६४ मिलियन डलरको सट्टामा केवल १७५ मिलियन डलरको रकमको भाकापत्र(बन्ड) बुझाउनु पर्ने भएको छ ।

सोमबार मध्यरातमा न्यु योर्कका महान्यायाधिवक्ता लेटिसा जेम्सले ट्रम्प र उनका सह-प्रतिवादीहरूलाई उनको न्यूयोर्कको देवानी मुद्धामा ४६४ मिलियनको फैसलाको अपील गर्न र बन्ड(कबुलियत) सुरक्षित गर्न अनुमति दिएको ३० -दिनको अवधि समाप्त भएको थियो।

तर पुनरावेदन अदालतले तल्लो अदालतको धेरै जसो निर्णयहरुलाई रोकी दिएको छ । जसले फेब्रुअरीमा ट्रम्प र सह-प्रतिवादीहरूलाई आर्थिक जरिवाना तिर्न आदेश दिएको थियो। दैनिक ब्याज सहित लगभग ४६४ मिलियन डलर पुगेको थियो ।

अपीलको निर्णय अन्तर्गत ट्रम्पसँग अब १७५ मिलियन डलर बन्ड(भाकापत्र )को साथ आउन १० दिन समय उपलब्ध गराएको छ । तल्लो अदालतको निर्णयको आर्थिक भागको अतिरिक्त, पुनरावेदन अदालतले ट्रम्प विरुद्ध न्यूयोर्क वित्तीय संस्थाहरूबाट ऋणको लागि आवेदन गर्नबाट ३ वर्षको प्रतिबन्ध, डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई अधिकारीको रूपमा सेवा गर्नबाट दुई वर्षको प्रतिबन्धलाई रोकेको छ ।

न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयले अदालतको आदेश पछि प्रतिक्रिया दिदै भन्यो , डोनाल्ड ट्रम्प अझै पनि आफ्नो अचम्मको धोखाधडीको लागि जवाफदेहिताको सामना गरिरहेका छन्। उनले आफ्नो कुल सम्पत्ति झूटो रूपमा बढाउन र अन्यायपूर्ण रूपमा आफूलाई समृद्ध बनाउन वर्षौंको ठगीमा संलग्न थिए।

ट्रम्पले पुनरावेदन अदालतको निर्णयलाई स्वीकार गर्दै सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पुनरावेदन बिभागको निर्णयको पालना गर्ने बताए। उनले कबुलियत या बराबर धितो वा नगद पठाउने बताए । साथै उनले न्यु योर्कका महान्यायाधिवक्ता लेटिसा जेम्स र न्यायाधीश आर्थर एन्गोरोनलाई पनि आलोचना गरे ।

न्यायाधिश एन्गोरोनको गरेको ४५० मिलियन डलरको जरिवाना कति हास्यास्पद र अपमानजनक भन्दै खिल्ली उडाए । उनले “आफूले केहि गलत नगरेको” पनि दोहोर्याए।

प्रतिक्रिया