इक्वेडरका कान्छी नगर प्रमुख ब्रिजिट गार्सिया र उनका सल्लाहकार गाडीभित्रै गोली हानी मारिएको अवस्थामा फेला

इनेप्लिज २०८० चैत १२ गते ११:२७ मा प्रकाशित

इक्वेडरका कान्छी नगर प्रमुख ब्रिजिट गार्सिया र उनका सल्लाहकार गाडी (कार)भित्रै गोली हानी मारिएको अवस्थामा फेला परेका छन् ।

इक्वेडरको सबैभन्दा कान्छो उमेरकी नगर प्रमुख (मेयर)लाई गत आइतवार गोली हानेर मारिएको अवस्थामा फेला पारिएको प्रहरीले बताए

सिबिएसन्यूजका अनुसार २७ बर्षिय नगर प्रमुख ब्रिजिट गार्सिया कोस्टल सान भिसेन्टेकी नगर प्रमुख हुन् भने उनको सल्लाहकार नगरपालिकाका सञ्चार निर्देशक जाइरो लुरसँगै मृत अवस्थामा फेला परेकी थिइन् ।

बिहानैको समयमा दुईजना व्यक्तिलाई गाडी भित्र बन्दुकको गोली लागेको अवस्थामा देखिएको बारेमा प्रहरीलाई खबर गरिएको इक्वेडोरको राष्ट्रिय प्रहरीले सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

इक्वेडरको आधिकारिक तथ्याङ्क अनुसार जनवरीदेखि सुरक्षा बलहरूले लगभग १,६५,००० कारवाहीहरू सञ्चालन गरेका छन् । १२,००० भन्दा बढी व्यक्तिहरुलाई गिरफ्तार गरेका छन । जस मध्ये १५ जना व्यक्तिहरूलाई “आतंकवादी” मानेका छन् भने लगभग ६५ टन लागूऔषध बरामद गरेका छन्।

प्रतिक्रिया