अमेरिकाले राखेको कैदी-बन्धक आदानप्रदान प्रस्तावलाई इजरायलद्वारा सहमति

इनेप्लिज २०८० चैत १२ गते ११:०८ मा प्रकाशित

इजरायलले कैदी-बन्धक आदानप्रदानमा अमेरिकी प्रस्तावमा सहमति जनाएको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार हमासको प्रतिक्रिया पर्खिरहेको समेत उल्लेख गरेको छ ।

इजरायलले गाजामा हमासद्वारा बन्दी बनाएका ४० जना इजरायली बन्धकहरूको रिहाइको सट्टामा इजरायली नागरिकको हत्या गरेको अभियोगमा आजीवन काराबास भोगेका १०० जनामध्ये करिब ७०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अमेरिकी प्रस्तावमा सहमत भएको छ ।

सिएनएन सम्बद्ध संचार माध्यम च्यानल ११ (कान न्यूज) ले गत आइतबार अमेरिकी बन्दी-बन्धक आदानप्रदान प्रस्तावमा इजरायलको सम्झौताको बारेमा समाचार प्रकाशित गरेको छ । कान न्यूज(समाचार)का अनुसार एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायल “अपहरणमा परेकाहरूलाई घर फर्काउनको लागि महत्त्वपूर्ण सम्झौता गर्न तयार छ।”

सीएनएनले इजरायली अधिकारीहरू र हमाससँग वार्ताको स्थितिबारे सम्पर्क गरेको जनाएको छ ।

प्रतिक्रिया