बलेवा समाज अमेरिकाले रङहरुको पर्ब होलि (फागु पुर्णिमा) कार्यक्रमको आयोजना गरि कार्यक्रम सभ्य र भब्यरुपमा सफल

इनेप्लिज २०८० चैत १२ गते १०:३३ मा प्रकाशित

मिति मार्च २४, २०२४ कों दिन न्युयोर्कको ब्रूक्लिनमा रहेको हाइल्याण्ड पार्कमा बलेवा समाज अमेरिकाले रङहरुको पर्ब होलि (फागु पुर्णिमा) कार्यक्रमको आयोजना गरि कार्यक्रम सभ्य र भब्यरुपमा सफल गरेको छ ।बलेवा समाज अमेरिकाका अध्यक्ष प्रदिप खत्रीको सभापतित्वमा संचालित कार्यक्रमको संचालन बलेवा समाज अमेरिकाका संरक्षक तथा बाग्लुंङ सेवा समाज अमेरिकाको महासचिब कृष्ण राज सुबेदी (क्रिस) बाट भएको थियो।

होलिको रंग लगाउने कार्य बालिका सुबु गौतम बाट सुरु गरि बलेवा समाज अमेरिकाको अध्यक्ष्य प्रदिप खत्री, बाग्लुंग सेवा समाज अमेरिकाको अध्यक्ष सकस बहादुर घर्ति क्षेत्री र लुम्बिनी वल्डवाइड कन्सल्टटेन्सी संचालक तथा समाज सेवी मनमोहनसिंह बाट सहभागी सबैलाई रङ लगाई सुरु, पछी सबै एक आपसमा रङ लगाई होलि पर्वलाई उत्सबमय ढंगबाट मनाइएको जानकारी बलेवा समाज अमेरिका को महासचिव प्रकाश अधिकारीले हामीलाई जानकारी दिनु भयो।DJ LX ले पन्चेबाजा लगायत बिभिन्न नेपालि लोक संगीत धुनमा त्यहाँ उपस्थित सबै लाई नचायको र उक्त कार्यक्रम मा नेपालि अमेरिकन कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राई र महासचिव संगीता थापा लागायत अन्य कलाकारको उपस्थिति र उहाहरुको नाचले झनै रमाइलो बनाएको बलेवा समाज अमेरिकाका कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले बताउनु भयो।कार्यक्रममा राफल चिठा उपहार पनि खेलाइएको र राफल चिठाको बिजेता प्रथम, दिप्तिय र तृतीएलाई क्रमस आईप्याड, यप्पल वाच र इएरफोन उपहार प्रदान गरिएको जानकारी संस्था का उपाध्यक्ष रबीन्द्र जि.सी दिनु भयो।

त्यस कार्यक्रममा Happy Holi बलेवा समाज अमेरिका लेखिएको टिसर्ट उपलब्ध गराइएको र नास्ता, खानाको समेत ब्यबस्था गरिएको अनिल रोका बलेवा समाज अमेरिकाका युवा संयोजक अवगत गराउनु भयो ।बलेवा समाजको त्यस होलि कार्यक्रम मा सफल बनाउन सहयोग गर्नु हुने बिभिन्न संघ संस्थाका प्रतिनिधि,सहयोगी दाता र नेपाली अमेरिकन कलाकार संघको नया कार्यसमिति लाई प्रमाणपत्रद्वारा सम्मान गरेको र उक्त कार्यक्रम बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म डिजे LX को साथ मा नाच, गान ,रंग र बिभिन्न नेपाली परिकार का साथ रमाइलो गरी समापन भयको बलेवा समाज अमेरिकाका संरक्षक कृष्ण राज सुबेदीले हामी लाई जानाकारी दिनु भयो। होली कार्यक्रम बलेवा समाज अमेरिकाले हरेक बर्ष मनाउदै आएको समाजका सचिव गणेश हरिजनले भन्नु भयो।

बाग्लुग सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाले यही आउदो April 14,2024 मा चैते दशै मेला तथा नेपाली नया बर्ष २०८१ शुभकामना आदान-प्रदान कार्यक्रम न्यूयोर्कको कोरोना पार्कमा गर्न गएको र न्यु योर्क लागायत अन्य राज्यमा रहेका सम्पूर्ण नेपाली हरुलाई निमन्त्रणा रहेको बाग्लुग सेवा समाज अमेरिका का अध्यक्ष सकस जि.सी. हामी लाई जानकारी दिनु भयो ।

प्रतिक्रिया