सामााखुसी साहित्य समाजको ११८ औ श्रृङ्खला सम्पन्न

इनेप्लिज २०८० चैत १२ गते १०:०२ मा प्रकाशित

सामााखुसी साहित्य समाजको ११८ औ श्रृङ्खला चैत १० गते शनिबारका दिन श्वेता सदन सामाखुसीको सभाकक्षमा सम्पन्न भएको छ । योे श्रृङ्खलाको सभापतिको भूमिकामा डा. मेघराज ढकाल र प्रमुख अतिथिको भूमिकामा प्राज्ञ सदस्य चेतनाथ धमला रहनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य समाजका सचिव अरुण नदी खत्रीले दिनु भयो भने कार्यक्रम सञ्चालन दिनेशविक्रम थापाले गर्नुुभयो ।

कार्यक्रममा अतिथि कविहरु प्रमोद नेपाल, लुमडीराज खनाल, राजेशमान के.सी., निर्मलरमण पराजुली, चन्द्रा न्यौपाने, विनोद दाहाल वत्स, माधव विडारी, एच.के. धिताल, वीरबहादुर लोहनी लगायतले आ–आफ्ना रचना पाठ गरेर सुनाउनु भयो ।

प्रतिक्रिया