भर्जिनियाका १९ बर्षिय होनहार युवालाई पुरुष तर्फको बिश्व फिगर स्केटिङ्ग प्रतियोगितामा स्वर्ण पदक ,बिश्व किर्तिमनिधारी बन्न सफल

इनेप्लिज २०८० चैत १२ गते १:३४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीका भियना शहर घर भएका युवा होनहार खेलाडी इलिया मालिनिन पुरुष तर्फको बिश्व फिगर स्केटिंग(आकृति हिमसर्पण) प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् । साथै उनले बिश्व कृतिमान समेत कायम गरेका छन् ।

मालिनिनले अत्यन्तै प्रभावशाली प्रदर्शन गर्दै उनले आफ्ना प्रतिस्प्रद्धिहरुलाई हराउदै बिश्व बिजेता बनेका छन् ।

मलाई थाहा थियो कि यो मेरो जीवनको उत्कृष्ट स्केट (हिउमा चिप्लने)हुन सक्छ या यो भयानक रूपमा गलत हुन सक्छ ,उनले भने । गत बिहीबारको छोटो कार्यक्रममा उनले तेस्रो स्थान हासिल गरेपछि १९ वर्षीय युवाले स्वतन्त्र कार्यक्रम अर्थात् सङ्गीतको धुन बजाउदै खेलिने खेलमा एकल रुपमा प्रस्तुत गर्दै आफ्नो कूल संख्या ३३३.७६ मा पुर्‍याउन उनले विश्व कीर्तिमान २२७.७९ बनाए ।

उनले अमेरिकाकै ओलम्पिक बिजेता नाथन चेनले सन् २०१९ बनाएको २२४.९२ को किर्तिमानलाई समेत तोडेका छन् ।

उनले दुई पटकका विश्व च्याम्पियन जापानका शोमा युनोलाई समेत पराजित गरे ।

सन् १९३२ पछि यो मोन्ट्रियलले पहिलो पटक कार्यक्रम आयोजना गरेको हो। सन् २०२० प्रतियोगिताको आयोजना गर्ने भनिएको थियो तर कोभिड-१९ कोभिड महामारीले प्रतियोगिता बन्द गरेको थियो ।

बोस्टनले २०२५ को प्रतियोगिता आयोजना गर्नेछ।

प्रतिक्रिया