अमेरिकाका १६ वटा राज्यहरुमा बसन्त ऋतुको आगमन हुदा सम्म पनि हिमपात र ठण्डाको सतर्कता जारी गरिएको छ । केही राज्यहरुमा ६ इन्च देखि १ फिट र केही राज्यहरुमा २ फिट सम्म हिमपात हुने भबिष्यवाणी गरिएको एबिसीन्यूजले जनाएको छ ।
अमेरिकामा यो हप्ता ठूलो हिउँ आँधी आउने भएको छ । आइतवार क्यालिफोर्नियादेखि मिशिगनसम्म १६ वटा राज्यहरू जाडो सतर्कता अन्तर्गत रहेका छन् । चिसो र ठण्डाको कारण भारी हिमपात हुने र आउदो मंगलबारसम्म यात्रामा ढिलाइ हुने मौषम सेवाले बताएको छ ।
शीतकालीन सतर्कता हाल मोन्टानादेखि मिशिगनसम्म लगभग १,४०० माइलको दूरीमा फैलिएको छ ।
उत्तरपश्चिमी क्यान्सस देखि मिशिगनको माथिल्लो प्रायद्वीप सम्म ६ देखि १२ इन्च हिउँको भविष्यवाणी गरिएको छ । साथै केहि स्थानहरूमा २ फिट सम्म भारी हिउँ पर्नेछ ।
अहिले पूर्वी कोलोराडोदेखि दक्षिण डकोटासम्म हिमपातको चेतावनी जारी गरिएको छ। ६० माइल प्रतिघण्टासम्मको तेज हावाले आइतवारदेखि मंगलबार बिहानसम्म जताततै सेताम्बे बनाउने छ ।
आज क्यानसस र ओक्लाहोमामा चलिरहेको मेघ गर्जनले हावा, असिना र आँधीबेहरीको खतरा ल्याउनेछ। आज राति मार्च २४ आइतबार अबेरदेखि सोमबार बिहानसम्म हिमपात र आंधीबेरी टेक्ससमा सर्नेछ । त्यस पछि अन्ततः अर्कान्सास, लुजीयाना र मिसिसिपीमा सोमबार दिउसो सम्म पुग्नेछ ।
यी आँधीहरूले विभिन्न राज्यहरुमा धेरै भारी वर्षा पनि ल्याउनेछन्, अचानक बाढी सम्म ल्याउने सम्भावना रहेको छ । उत्तरपूर्वी राज्यहरुमा भारी वर्षाले बाल्टिमोरदेखि बोस्टनसम्मका शहरहरुमा सप्ताहन्तमा २ देखि ४ इन्चसम्म वर्षा भयो।
उत्तरी न्यू इङ्गल्याण्डमा पनि भारी हिउँ परेको छ भने न्यू ह्यामशरमा पनि २८ इन्च हिउँ परेको थियो । त्यस्तै भर्मन्ट र मेन राज्यका केही भागमा २ फिटभन्दा बढी हिउँ परेको छ।
प्रतिक्रिया