ट्रम्पले ४६४ मिलियन डलरको भाकापत्र (बन्ड )प्राप्त नसके के हुन्छ ?

इनेप्लिज २०८० चैत ११ गते १३:०९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोली र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले सोमबारको अन्तिम मिति भन्दा अगाडि ४६४ मिलियन डलरको भाकापत्र (बन्ड )प्राप्त गर्न कडा परिश्रम गरिरहेको सिएनएनले जनाएको छ । उनि बिरूद्ध करोडौं डलरको देवानी (सिभिल) ठगीको फैसलाको लागि भाकापत्र अर्थात् कबूलियत पत्र सुरक्षित गर्न उनको टोली अहोरात्र काम गरि रहेको छ ।

न्यायाधीश आर्थर एन्गोरोनले गत फेब्रुअरीमा गरेको निर्णयबाट ट्रम्प माथि व्यक्तिगत रूपमा ४५४ मिलियन डलर भन्दा बढीको ऋण थोपरिएको छ । उनका छोराहरू क्रमस एरिक र डोनाल्ड जूनियर, ट्रम्प संगठन सहितले न्यायाधिसको निर्णयले लगाएको ब्याज सहित ४६३.९ मिलियन डलर अब तिर्नु पर्ने भएको छ ।

महान्यायाधिवक्ता लेटिया जेम्स र उनका कर्मचारीहरू ट्रम्पको सम्पत्ति जफत गर्न तयार हुनुपर्छ यदि पूर्व राष्ट्रपतिले आवश्यक कबूलियत सुरक्षित गर्न सकेनन भने ,विज्ञहरूले सिएनएनलाई बताए।

ट्रम्पका भवन, घर, गाडीहरु ,उदग्रबिमान( हेलिकप्टर) र विमान जस्ता सम्पत्तिहरू र मुख्य उनका बैंक खाताहरूमा हुन जफत हुन् सक्ने बिज्ञहरुले सिएनएनलाई जवाफ दिए । ट्रम्पले न्यूयोर्क राज्यको अपील अदालतलाई उनलाई सानो कबूलियतनामामा काम गर्न अनुमति दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया