अमेरिकाको इन्डियाना राज्यको इन्डियानापोलिस शहरमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने कर्तब्यमा नभए(ड्युटी अफ)का प्रहरी अधिकारी सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
इण्डियानापोलिसको एक मधुशाला (बार )बाहिर गोली चलेको थियो । गोली चल्दा एक जनाको मृत्यु भएको र एक अफ-ड्युटी ( कर्तब्यमा नभएका )प्रहरी अधिकारी सहित पाँच जना घाइते भएको प्रहरीले आइतबार बिहान पुष्टि गरेका छन् ।
करिब १:३० बजे दुई जना प्रहरी अधिकारीहरु आफ्नै प्रहरी पोशाक मै थिए तर अर्का एक अधिकारी सादा पोशाकमा थिए । सवारी साधन अड्डा (पार्किङ )स्थलमा झगडा भएको इन्डियानापोलिस महानगर प्रहरीले पत्रकार सम्मेलनमा भने।
प्रहरीले एक संदिग्धसँग गोली चलाएका थिए भने एक प्रहरी अधिकारीलाई समेत गोली लागेको प्रहरीले बताए । प्रहरी अधिकारीलाई स्थानीय अस्पतालमा लगिएको छ । उनि ठीक हुने अपेक्षा गरिएको छ भने उनलाई अस्पतालले आजै रिहा गर्नु पर्ने प्रहरीले जनाएको छ ।
सवारी साधन अडान क्षेत्र (पार्किङस्थल)मा एउटा बन्दुक बरामद भएको छ । गोली लागेर अन्य चार जना घाइते भएका र सबै निको हुने अपेक्षा गरिएको प्रहरीले बताएका छन् ।
गोली चलेको केही समय पछि एक वयस्क गोली लागेको अवस्थामा उपचारको लागी एक स्थानीय अस्पताल पुगेका थिए तर चोटपटकको कारण उनलाई मृत घोषित गरिएको प्रहरीले भने ।
प्रतिक्रिया