अमेरिकामा पावरबल चिट्ठा कसैले सबै अङ्क मिलाउन सक्ने ,अबका भाग्यशालीले ८०० मिलियन डलर जित्ने

इनेप्लिज २०८० चैत ११ गते १०:३७ मा प्रकाशित

अमेरिकाको अर्को पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि अब आगामी सोमबार खुल्ने चिट्ठाको कुनै पनि भाग्यशालीले ८०० मिलियन डलर जित्ने छन ।

गत शनिबार उक्त चिट्ठा खोल्दा सबै ६ अंक कसैले पनि नमिलाएकोले त्यसको रकम वृद्धि भएको हो । पावरबलको संजालस्थल (वेबसाइट)मा दिएको सूचना अनुसार सबै ६ अङ्क नमिले पछि अब सोमबार खुल्ने छ ।

गत शनिबार खोलिएको चिट्ठाको बिजयी संख्या क्रमस ६,२३,२५,३४, ५१ र ३ रहेका थिए।

शनिबार कोही पनि चिट्ठा विजेता नभए पनि क्यालिफोर्निया, फ्लोरिडा, इन्डियाना, टेक्सस र वाशिंगटनमा पाँचवटा टिकटले प्रत्येकमा १० लाख डलर जितेको पावरबल संजालस्थल (वेबसाइट)ले जनाएको छ।

अब बाजी मर्ने भाग्यशालि बिजेताले नगद ३८४. ३ मिलियन डलर प्राप्त गर्नेछन । पछिल्लो पटक पावरबल चिट्ठा जनवरीमा मिशिगनको एक टिकटले ८४२.४ मिलियन डलरको पुरस्कार पाएको थियो।

पावरबलका अनुसार पुरस्कार जित्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुने जनाएको छ ।

पावरबल टिकटहरू २ डलरमा खरिद गर्न सकिन्छ । यो चिट्ठा खेल केवल अमेरिकाका ४५ वटा राज्यहरुमा मात्र खेलिन्छ । डिसी ,पुर्टो रिको र यूएस भर्जिन टापुहरूमा समेत टिकट बिक्रि गरिन्छ । अमेरिकाका अलाबामा,अलास्का ,हवाई ,नेभादा र युटाहा राज्यहरुमा पावर बल चिट्ठा खेलाईदैन ।

प्रतिक्रिया