अध्यावधिक गरिएको : रुसमा आतंकबादी आक्रमणमा परि कूल ११५ जनाको मृत्यु ,१२१ जना घाइते : बिश्वभरका देशद्वारा आक्रमणको निन्दा

इनेप्लिज २०८० चैत १० गते १०:५३ मा प्रकाशित

अध्यावधिक गरिएको : रुसमा आतंकबादी आक्रमणमा परि कूल ११५ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । गत शुक्रबार एक संगीतस्थलमा आक्रमण हुँदा मृत्यु हुनेको संख्या ११५ पुगेको रुसी अनुसन्धान समितिले जनाएको छ। बिश्वभरका देशहरुद्वारा आतंकबादी आक्रमणको घोर निन्दा गरेका छन् ।

रुसी अनुसन्धान समितिका अनुसार क्रोकस सिटी(शहर)मा भएको आक्रमणमा मर्नेको संख्या ११५ पुगेको पुष्टि गरेको छ । त्यस्तै मस्को क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ भएको आक्रमणमा घाइते भएका १२१ जनाको सूची सार्वजनिक गरेको छ ।

आक्रमणमा घाइते भएका ४४ जनाको अवस्था गम्भीर रहेको रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मस्को नजिकैको क्रोकस सिटी कम्प्लेक्स( भवन)मा शुक्रबार भएको आक्रमणको आशंकामा रहेका ४ जनालाई युक्रेनसँगको रुसको सीमा पार गर्न खोज्दा पक्राउ गरिएको रुसी अनुसन्धान समितिले जनाएको छ ।

रुसी सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्ज्याण्डर बोर्तनिकोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार मस्को नजिकैको क्रोकस कम्प्लेक्स(सम्पत्ति)मा भएको आक्रमणको सम्बन्धमा ११ जनालाई हिरासतमा लिइएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमणको आइएसआइएसले जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया