इजरायली सेनाले अल-शिफा कारवाहीको चौथो दिनमा प्रवेश गर्दा १४० भन्दा बढी लडाकू मारेको दावी

इनेप्लिज २०८० चैत ८ गते ११:१५ मा प्रकाशित

इजरायली सेनाले अल-शिफा कारवाहीको चौथो दिनमा प्रवेश गर्दा १४० भन्दा बढी लडाकू मारिएको जनाएको छ ।

इजरायली सेनाले उत्तरी गाजाको अल-शिफा अस्पताल वरपरको आफ्नो कारवाही (अपरेशन) चौथो दिनमा जारी रहेको जनाएको छ।

इजरायल रक्षा बलले इजरायली सुरक्षा एजेन्सी (आईएसए) सेनासँग मिलेर “शिफा अस्पतालमा सटीक परिचालन गतिविधि सञ्चालन गर्न जारी राखेको” बताएको छ। आईडिएफले सोमबार कारवाही सुरु भएदेखि १४० भन्दा बढीले अस्पतालमा हतियार भण्डारण सुविधाहरू फेला पारेको दाबी पनि गरेको छ।

अस्पताल भवन भित्र सयौं मानिसहरू अझै फसेको अनुमान गरिएको छ। अन्य धेरै नजिकैको क्षेत्रबाट भागेक छन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । अस्पतालका प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी पत्रकार र स्वास्थ्यकर्मीहरूलाई हिरासतमा लिएको सिएनएनलाई बताए ।

उनीहरूलाई आँखामा पट्टी बाँधेको समेत जनाईएको छ । उनीहरुलाई लुगा समेत खोल्न लगाईएको सिएनएनले जनाएको छ । प्यालेस्टिनी पत्रकारहरू र अस्पतालका कर्मचारीहरूले अपमानजनक सोधपुछका दृश्यहरू वर्णन गरेको र सहकर्मीहरूलाई लुगा फुकालेर चिसोमा बाहिर छोडिएको थियो ।

प्रतिक्रिया