नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चौबीसै घण्टा खुल्ने

बेद प्रसाद घिमिरे २०८० चैत ८ गते १०:१३ मा प्रकाशित

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो।

जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने लामिछानेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया