बेलायतले गाजालाई पठाएको सबैभन्दा ठूलो सहायता खाद्यान्न गाजा आईपुग्यो

इनेप्लिज २०८० चैत ७ गते ११:१० मा प्रकाशित

बेलायतले गाजालाई पठाएको सबैभन्दा ठूलो सहायता खाद्यान्न (संपुष्टि -प्याकेज ) आइपुगेको बताएको छ। बेलायती विदेश कार्यालयले बुधबार एक बिज्ञप्ति मार्फत् गाजामा बेलायतको सबैभन्दा ठूलो खाद्यान्न सहायता प्रवेश गरेको उल्लेख गरेको छ ।

जोर्डन भूमि मार्ग हुँदै गाजामा प्रवेश गरेको २,००० टन भन्दा बढी खाद्यान्न सहायता विश्व खाद्य कार्यक्रमद्वारा वितरण गरिएको छ । २७५,००० भन्दा बढी मानिसहरूलाई खुवाउने कार्यालयले जनाएको छ । उक्त सामग्रीहरुमा पाउरोटीमा प्रयोग गर्नको लागि गहुँको पीठो, तातो खाना तथा अन्य खाद्यान्न समावेश गरिएको जनाईएको छ ।

खाना पोकाहरू गाजामा २,७५ ,००० भन्दा बढी मानिसहरूलाई खुवाउन प्रयोग गरिनेछ। प्रत्येक खाना पोकाहरु पाँच जनाको परिवारको लागि योजना गरिएको हो र बन्दडिब्बामा तरकारीहरू, मासु र माछा आदी इत्यादी रहेका छन् । परिवारलाई १५ दिनको लागि पुग्ने विदेश विभागले बताएको छ ।

उक्त खाना पोकाहरू गत बुधबार आइपुगेको हो । साथै कम्बल र त्रीपाल सहित बेलायतले पठाएको १५० टन राहत सामग्रीको अघिल्लो समूह थपेको छ भने यो युनिसेफले वितरण गर्ने विदेश कार्यालयले जनाएको छ ।

प्रतिक्रिया