नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सभ्य बन्न निर्देशन दिएका छन्

बेद प्रसाद घिमिरे २०८० चैत ७ गते १०:४४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सभ्य बन्न निर्देशन दिएका छन् ।

एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बुधबार अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । अहङ्कार र घमण्डले समाजमा सकरात्मक परिवर्तन हुन नसक्ने उनले बताए ।

‘ एमाले नेता कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई दैनिक रुपमा गर्ने कार्यको गृहकार्य गर्नका लागि आग्रह गर्दै योजनावद्ध ढङ्गबाट काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए । नेतृत्व गर्ने कुरा योग्यता क्षमताका आधारमा निर्धारण हुने उनले बताए । उनले एकपटक असफल हुँदा निराश नहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया