जय नेपाल फाउन्डेसनका चार प्रदेश समिति गठन

इनेप्लिज २०८० चैत ६ गते १२:२९ मा प्रकाशित

काठमाडौँ – जय नेपाल फाउन्डेसनका चार प्रदेश समिति विस्तार गरिएको छ । जस अनुसार बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश समितिहरु गठन गरिएको छ ।

गण्डकी प्रदेश संयोजकमा सुदिप मोहन भट्टराई चयन गरिएका छन् । यसैगरी प्रदेशका ११ जिल्ला संयोजकहरु पनि मनोनयन गरिएका छन् ।

म्याग्दीमा रेखा रेग्मी, पर्वतमा चित्रकला शर्मा भारती, मुस्ताङमा अनिशा तुलाचन, बाग्लुङमा नारायण शर्मा पौडेल र कास्कीमा अर्जुन गुरुङ संयोजक चयन भएका छन् ।

यसैगरी लमजुङमा शैलेन्द्र घिमिरे, मनाङमा योगेन गुरुङ, स्याङ्जामा अर्जुन कुमार पौडेल, गोरखामा दिपेन्द्र श्रेष्ठ, तनहुँमा आनन्दराज त्रिपाठी र नवलपुरमा नरेशमणी भण्डारी संयोजकमा मनोनयन भएको जय नेपाल फाउन्डेसन नेपाल शाखाका अध्यक्ष बद्री अर्यालले बताए ।

लुम्बिनी प्रदेश समिति गठन

यसैगरी लुम्बिनी प्रदेशमा पनि कमिटि गठन गरिएको छ । लुम्बिनी प्रदेश संयोजकमा टेकनारायण भुसाल चयन भएका छन् ।

बर्दियामा सुधांशु प्रकाश शर्मा, बाँकेमा लक्ष्मण राज पौडेल, दाङमा प्रकाश श्रेष्ठ, कपिलवस्तुमा शोहरत तेली, रुपन्देहीमा कमल प्रकाश भुसाल, नवलपरासीमा बलिन्द्र विक्रम शाही संयोजक मनोनयन गरिएका छन् ।

त्यसैगरी पाल्पामा सुरेश बहादुर बोहोरा क्षत्री, गुल्मीमा भगवती काफ्ले भण्डारी, अर्घाखाँचीमा धर्म खनाल, प्युठानमा देवेन्द्र वर्मा, रोल्पामा विमल कुमार जिसी र पूर्वी रुकुममा भीम खड्का संयोजक चयन भएका छन् ।

बागमती प्रदेश समिति गठन

यसैगरी श्रीराम लामिछानेको संयोजकत्वमा बागमती प्रदेश समिति गठन गरिएको छ । सिन्धुली संयोजकमा नवराज श्रेष्ठ रहेका छन् भने रामेछाप संयोजकमा कल्पना खड्कालाई जिम्मा दिइएको छ । त्यस्तै, दोलखा संयोजकमा राकेश श्रेष्ठ रहेका छन् भने काभ्रेपलाञ्चोक संयोजकको रुपमा सुन्दरमणि आचार्य रहेका छन् । त्यसैगरी चितवन संयोजकमा लीला बहादुुर गुरुङ मनोनित भएका छन् भने धादिङ संयोजकमा दीपक कोइराला रहेका छन् । त्यस्तै, रसुवा संयोजकमा विप्लव खड्का रहेका छन् भने सिन्धुपाल्चोक जिल्ला संयोजकमा ज्ञानु तिमल्सिना रहेकी छिन् । त्यसैगरी मकवानपुर संयोजकमा भुपेन्द्र कोइराला, नुवाकोट संयोजकमा दीपक लामा, काठमाडौं जिल्ला संयोजकमा जय कृष्ण महर्जन, ललितपुर संयोजकमा रिसा श्रेष्ठ र भक्तपुर संयोजकमा जीवन खत्री रहेका छन् ।

कर्णाली प्रदेश समिति गठन

कर्णाली प्रदेश संयोजकको जिम्मेवारी देवकुमार सुवेदीलाई दिइएको छ । यस्तै, दैलेख जिल्ला संयोजकमा भरत प्रसाद रिजाल चयन हुँदा जाजरकोट संयोजकमा महेन्द्र शाह रहेका छन् । त्यसैगरी जुम्ला संयोजकमा मक्क बहादुर बुढा, सुर्खेत जिल्ला संयोजकमा रमेश कुमार सापकोटा, कालिकोट संयोजकमा यमुना बम रहेका छन् । त्यस्तै, सल्यान जिल्ला संयोजकमा डिल्ली रावल चयन हुँदा मुगुको संयोजकमा बसन्त डाँगर, डोल्पामा तुलबहादुर बोहरा, रुकुम पश्चिममा बसन्त चन्दका साथै हुम्ला संयोजकमा प्यारिलाल शाही चयन भएका छन् ।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रबर्द्धन गर्दै नेपालको विकासमा समेत योगदान पुराउन जय नेपाल फाउन्डेसनको स्थापना गरिएको सो संस्थाले जनाएको छ ।

‘संसारका विभिन्न ७ मुलुकमा फाउन्डेसनका शाखाहरु गठन भै सकेका छन् भने नेपालका सातै प्रदेशहरुमा प्रदेश कमिटि गठन गर्ने प्रक्रिया पुरा हुन लागेको छ। संगठन निर्माण प्रक्रियासंगै विभिन्न रचनात्मक छलफल र बहस संचालन गर्न हामी क्रियाशील छौं,’ जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका संस्थापक अध्यक्ष डा यादव पण्डितले भने ।

प्रतिक्रिया