अब श्रम स्वीकृत लिन लाइन बसिरहनु नपर्ने मोबाइलबाटै लिन सकिने सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल

बेद प्रसाद घिमिरे २०८० चैत ६ गते १०:२३ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन्।

सोमवार संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको बताए।

उनले एक महिनाभित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था आउने दावी पनि गरे। उनले आफू्ले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए।

प्रतिक्रिया