उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण सुरु गर्यो ,सोमबार बिहान क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८० चैत ५ गते ११:३० मा प्रकाशित

अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास पूरा गरेको केही दिनपछि उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण सुरु गरेको छ ।

उत्तर कोरियाले सोमबार बिहान आफ्नो पूर्वी जलक्षेत्रतर्फ धेरै छोटो दूरीका प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू प्रहार गरेको छ।

प्रक्षेपणहरू उत्तर कोरियाको करिब एक महिनामा पहिलो ज्ञात क्षेप्यास्त्र परीक्षण गतिविधिहरू हुन् । एबिसीन्यूजका अनुसार नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावअघि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको दायरा विस्तार गर्ने र आफ्नो युद्धजन्य बयानलाई तीब्र बनाउने भविष्यवाणी गरेका थिए ।

जापानको रक्षा मन्त्रालयले दिएको सूचना अनुसार उत्तर कोरियाले बिहान ७:४४ बजे र अर्को ३७ मिनेटपछि तीनवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदीय बैठकमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीप र जापानको बीचको पानीमा खसेको र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर रहेको र कुनै क्षति वा चोटपटक नभएको बताए।

किशिदाले उत्तर कोरियाको बारम्बार प्राक्षेपिक (ब्यालेस्टिक )क्षेप्यास्त्र परीक्षणलाई “जापान, क्षेत्र र अन्तर्राष्ट्रिय समाजको शान्ति र सुरक्षालाई खतरामा पार्ने कार्य” भन्दै निन्दा गरेका छन्

दक्षिण कोरियाको सेनाले सोमबार बिहान उत्तर कोरियाले “धेरै” संदिग्ध छोटो दूरीको प्राक्षेपिक (ब्यालिस्टिक )प्रक्षेपण पनि पत्ता लगाएको बताएको छ। साथै सयुक्त सेनाका प्रमुखले प्रक्षेपणलाई कोरियाली प्रायद्वीपमा शान्तिलाई खतरामा पार्ने “स्पष्ट उत्तेजना” भएको बताए ।

दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँगको बलियो सैन्य गठबन्धनको आधारमा उत्तर कोरियाको कुनै पनि उक्साहटलाई प्रतिकार गर्न तयार रहने जनाएको छ,बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया