नेतान्याहुद्वारा इजरायलमा चुनावको लागि बढ्दो आन्तरिक तथा अन्तर्राष्ट्रिय दवाव तथा आह्वान दुवैलाई ठाडै अस्वीकार

इनेप्लिज २०८० चैत ४ गते १४:२७ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमा चुनावको लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गरेका छन् । उनले रफाहमा भूमि आक्रमणलाई ढिलाइ गर्न र बिश्वका सहयोगीहरूले “देशलाई मौन पार्न” कोसिस गरेको आरोप लगाए। उनलाई इजरायल भित्रै इजरायली जनताले उनको नेतृत्व परिवर्तनको व्यापक बिरोध गरेका छन् ।

त्यस्तै अन्तरराष्ट्रिय जगतले गाजामा भएको नरसंहार र उनको रणनीतिको कारण नेतृत्व परिवर्तन गर्नु पर्ने माग र आह्वान गरि रहेको समयमा उनि आक्रोशित भएका हुन् ।

हामी विरुद्ध अन्तर्राष्ट्रिय दबाब बढ्दैछ,नेतान्याहुले आज बसेको मन्त्रिपरिषद्को बैठकमा भने। उनीहरूले युद्धको बीचमा चुनाव गराउने प्रयास गरि रहेको आरोप लगाए । चुनावले “कम्तीमा छ महिना” इजरायललाई “मौन” बनाउनेछ ,उनले भने ।

अमेरिकी सिनेट बहुमत नेता चक शुमर, लामो समयदेखि इजरायलका समर्थक हुन् जसले अमेरिकी समर्थनको प्रदर्शनमा गत अक्टोबरमा कंग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। तर गत हप्ता नेतान्याहूलाई “शान्तिको अवरोध” भनेर वर्णन गर्दै नयाँ चुनावको आह्वान गरे पछि उनलाई जवाफ दिएका हुन् ।

“यदि हामीले अब युद्ध रोक्यौं भने सबै उद्देश्यहरू प्राप्त गर्नु अघि इजरायलले युद्ध हार्ने छ , र ,हामी त्यसलाई अनुमति दिने छैनौं,” नेतान्याहुले भने।

“कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्यहरू प्राप्त गर्नबाट रोक्न सक्दैन” उनले थपे ।

प्रतिक्रिया