इजरायलद्वारा सिरियाका धेरै ठाउँमा आक्रमण

इनेप्लिज २०८० चैत ४ गते १३:५६ मा प्रकाशित

इजरायलले सिरियाका धेरै ठाउँमा आक्रमण गरेको डमासकसले जनाएको छ । आक्रमणले “भौतिक क्षति” हुनुको साथै एक सैनिक घाइते भएका छन् ।

इजरायली हवाई आक्रमणले दक्षिणी सिरियाका धेरै ठाउँमा आइतबार बिहान आक्रमण गर्दा एक सैनिक घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सिरिया सरकारी समाचार सँस्था (एजेन्सी) सानाले एक अज्ञात सैन्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय समय अनुसार बिहान १२:४२ बजे इजरायलको कब्जामा रहेको गोलान हाइट्सको दिशाबाट आएका केही क्षेप्यास्त्र (मिसाइल)हरूलाई हवाई सुरक्षाले खसालेको बताएको छ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली आक्रमणले डमासकसको उत्तरपूर्व क्वालामोन पहाडमा दुईवटा सैन्य स्थल हरूमा पनि आक्रमण गरेको छ ।

पर्यवेक्षणले सन् २०२४ को सुरु देखि इजरायलले सिरियामा आक्रमण गरेको २४ औं पटक भएको बताएको छ। उनीहरूले हजबुल्लाह र इरानको अर्धसैनिक रिभोलुसनरी गार्ड लगायत विभिन्न समूहका ४३ लडाकू र नौ सर्वसाधारण मारेका छन्।

आक्रमणको बारेमा इजरायली अधिकारीहरूबाट तत्काल कुनै वक्तब्य नभएको एबिसीन्यूजले जनाएको छ । गत हप्ता, इजरायली सेनाले विगत पाँच महिनामा हजबुल्लाह लक्ष्यहरू विरुद्ध ४,५०० आक्रमणहरू गरेको बताएको छ।

प्रतिक्रिया