अमेरिकाले वैध राहदानी भएकाहरूका लागि हेटीबाट अमेरिकासम्म भाडामा लिएको बिमानद्वारा उडानको व्यवस्था गर्दै

इनेप्लिज २०८० चैत ४ गते ११:४६ मा प्रकाशित

अमेरिकाले वैध राहदानी भएकाहरूका लागि हेटीबाट अमेरिकासम्म भाडामा लिएको बिमानद्वारा उडानको व्यवस्था गरिरहेको विदेश बिभागले बताएको छ।

अमेरिकी सरकारको चार्टर (भाडा)उडान हेटीबाट फसेका अमेरिकीहरूलाई गृहयुद्धबाट जोगाउन र त्यहाँ भोक बढ्दै जाँदा त्यहाँ मानिसहरू निरासा भएको सिबिएसन्यूजले जनाएको छ ।

अमेरिकी सरकारले वैध राहदानी भएकाहरूका लागि हेटीबाट अमेरिकासम्म भाडामा लिएको बिमान मार्फत उडानको व्यवस्था गरिरहेको शनिबार बताएको छ।

उडान क्याप-हाइटियन अन्तर्राष्ट्रिय विमानस्थलबाट छुट्ने जनाएको छ । अमेरिकी विदेश विभागले अमेरिकी नागरिक र अमेरिका जान इच्छुक परिवारका सदस्यहरूलाई आवेदन भर्न निर्देशन दिएको छ।

अधिकारीहरूले हेटीको राजधानी पोर्ट-ओ-प्रिन्सबाट क्याप-हेटियनको यात्रा “खतरनाक” भएको जनाएका छन् । र ,मानिसहरूलाई क्याप-हेटीयन बिमानस्थलमा पुग्न सक्ने विश्वास भएमा मात्र उडानलाई विचार गर्न सिफारिस गरिएको छ ।

सरकारले हाल विमानस्थल यातायात प्रदान गर्न नसक्ने बताएको छ । पोर्ट-ओ-प्रिन्सबाट प्रस्थानका विकल्पहरूमा काम गरिरहेको छ। “हवाईअड्डा र राजधानी शहर करिब १२० माइल टाढा रहेको छ ।

लगभग १.४ मिलियन हेटीवासीहरू अनिकालको संघारमा रहेका छन् । ४ मिलियन अर्थात् ४० लाख भन्दा बढीलाई खाद्य सहायता चाहिन्छ, कहिलेकाहीँ दिनमा एक पटक मात्र खाने वा केही पनि नभएको सहायता समूहले जनाएको छ ।

“हेटीले लामो समय र सामूहिक भोकमरीको सामना गरिरहेको छ,” संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमका लागि हेटीका निर्देशक जीन-मार्टिन बाउरले एसोसिएटेड प्रेसलाई भने।

प्रतिक्रिया