रुसको राष्ट्रपतीय निर्वाचनको अन्तिम दिन युक्रेनद्वारा लामोदूरीको मानवरहित यान आक्रमण

इनेप्लिज २०८० चैत ४ गते ११:१४ मा प्रकाशित

रुसको राष्ट्रपतीय निर्वाचनको अन्तिम दिन युक्रेनद्वारा लामोदूरीको मानवरहित यान(ड्रोन) आक्रमण गरेको छ ।

युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको शासनलाई अझ छ वर्षको लागि थप गर्नका लागि राष्ट्रपति चुनावको अन्तिम दिनमा रुसीहरूले मतदान गर्दै गर्दा आइतवार मानवरहित यान(ड्रोन) आक्रमण जारी राखेको छ ।

रुसी रक्षा मन्त्रालयले रातारात ३५ युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको जानकारी दिएको छ, जसमा मस्को क्षेत्रमा चार वटा पनि छन्।

मस्कोका नगर प्रमुख सर्गेई सोब्यानिनले राजधानीको डोमोडेडोभो विमानस्थल नजिकै रहेको पाँचौं मानवरहित युद्धयान (ड्रोन)लाई आइतबार बिहान खसालेको बताए। आक्रमणमा कोही हताहत वा क्षति भएको कुनै विवरण नभएको उनले बताए।

रक्षा मन्त्रालयका अनुसार रुसी राजधानीको ठीक दक्षिणमा रहेको कालुगा क्षेत्र र मस्कोको उत्तरपूर्वमा यारोस्लाभल क्षेत्रमा अर्को दुई वटा मानवरहित यान (ड्रोन) प्रहार गरिएको छ।

युक्रेनी सीमाबाट करिब ८०० किलोमिटर (५०० माइल) टाढा रहेको यारोस्लाभ क्षेत्रमा भएका आक्रमणहरू युक्रेनले हालसम्म गरेको सबैभन्दा टाढाका आक्रमणहरू थिए।

युक्रेन र दक्षिणी क्रास्नोडार क्षेत्रसँग सीमा जोडिएको बेल्गोरोड, कुर्स्क र रोस्तोभ क्षेत्रमा थप युक्रेनी मानव रहित यानहरू खसालेको रक्षा मन्त्रालयले जनाएको छ।

बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनी गोलाबारीले आइतवार एक १६ वर्षीया बालिकाको मृत्यु भएको र उनका बुबा घाइते भएको बताए।

एक मावव रहित यान क्रास्नोडार क्षेत्रको शोधशाला (रिफाइनरी)मा खस्यो र क्षेत्रीय अधिकारीहरूका अनुसार केही घण्टा पछि निभाइएको आगो फैलिएको थियो । शोधशालाका एक कामदारको हृदयघातका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

यसैबीच, युक्रेनी सेनाले आइतबार ओडेसा क्षेत्रमा १४ रुसी मानवरहित यान खसालेको बताएको छ। शुक्रबार दक्षिणी बन्दरगाह शहरमा रुसी प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )आक्रमणपछि घरमा विस्फोटन र कम्तिमा २१ व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रिया