आयरल्याण्ड डब्लिनबाट हराई रहेका नेपाली मूलका राम रिजाल मृत फेला

इनेप्लिज २०८० चैत ३ गते १३:३३ मा प्रकाशित

आयरल्याण्डबाट डव्लिनबाट हराई रहेका नेपाली मूलका राम रिजाल मृत अवस्थामा फेला परेका छन । उनि गत मार्च १२ देखि बेपत्ता भएका थिए । 

उनि हराए पछि खोज तलासमा सहयोग गर्न सबैमा अपील गरिएको थियो ।  शुक्रवार दिउसो उनको शव फेला परेपछि उनको खोजी कार्यको अपिल खारेज गरिएको छ ।

 ४२ वर्षीय राम रिजाल गत मंगलबार मार्च १२ मा अन्तिम पटक देखिएका थिए । उनि टाला स्थित डियरपार्क निवासी हुन ।

 स्थानिय पत्र पत्रिकाका अनुसार उनि २० बर्ष देखि आयरल्याण्ड बस्दै आएका थिए ।

साथै उनि चालक पेशामा सॅलग्न भएको पत्रपत्रिकाले लेखेका छन । ४२ वर्षीय रिजाल ५ फिट ७ इन्च अग्लो भएको बताइएको थियो ।

प्रतिक्रिया