न्यूयोर्कको भूमिगत रेलगाडीमा चक्कु र गोलीकाण्डमा संलग्न व्यक्तिलाई ‘आत्म-रक्षा’को कारण अपराधिक आरोप नलगाइने

इनेप्लिज २०८० चैत ३ गते १०:१६ मा प्रकाशित

न्यूयोर्कको भूमिगत रेलगाडीमा चक्कु र गोलीकाण्डमा संलग्न व्यक्तिलाई ‘आत्म-रक्षा’को कारण अपराधिक आरोप नलगाइने भएको छ ।

गत बिहीबार ब्रुकलिन क्षेत्रमा भएको घटनामा ३६ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । त्यहाँ छुरा र गोली चले पछि मानिसलाई हिरासत राखिएको न्यूयोर्क प्रहरी बिभागले जनाएकी छ ।

न्यूयोर्क शहरको भूमिगत रेलसेवामा बन्दुक चलाएर एक व्यक्तिलाई गम्भीर रूपमा घाइते गर्ने ३२ वर्षीय व्यक्ति विरुद्ध कुनै अभियोग लगाइएको छैन। अभियोजकहरूले “आत्मरक्षा” भन्दै उनि बिरुद्ध कुनै अभियोग नलगाईएको बताएका छन् ।

गत बिहिबार भीडभाडको समयमा रेलयानमा भएको गोलीबारीले सबैलाई स्तब्ध बनाएको ब्रुकलिन जिल्ला न्यायधिवक्ता कार्यालयका प्रवक्ता ओरेन यानिभले शुक्रबार एक विज्ञप्तिमा बताएका छन् । यस दुखद घटनाको अनुसन्धान जारी छ तर आत्मरक्षाको प्रमाणले हामीलाई गोली चलाउने विरुद्ध कुनै पनि आपराधिक आरोप दायर गर्नबाट रोक्छ,उनले भने ।

३६ वर्षीय गोलीकाण्ड पीडित चक्कु र बन्दुकले सशस्त्र थिए । आक्रमणकारीको रूपमा अभिनय गर्दै गर्दा उनले ब्रुकलिनको उत्तरतर्फको ए रेलमा ४:४५ बजे ३२ वर्षीय व्यक्तिसँग झगडा गरे र बन्दुक निकालेका थिए ।

प्रहरीका अनुसार उनलाई ३२ वर्षीय युवकले निशस्त्र पारेको र बन्दुकले गोली हानेका थिए । त्यहाँ दुवै जना बीच कुस्ताकुस्ती परेको थियो । त्यहाँ भिडमा मानिसहरु होहल्ला ,त्रासमय वातावरण भएको थियो ।

३२ वर्षीय पुरुषले ३६ वर्षीय व्यक्तिबाट बन्दुक खोसेपछि शारीरिक झगडा जारी रहेको प्रहरीले बताए। दुवै जना झगडामा व्यस्त हुँदा त्यहाँ रहेका कुनै पनि यात्रीहरु घाइते नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया