युक्रेनी अभिभावकद्वारा आफ्नो पत्रकार छोराको युद्धमा ज्यान गएकोमा फक्स न्यूज बिरुद्ध मुद्धा दायर

इनेप्लिज २०८० चैत २ गते १०:५४ मा प्रकाशित

युक्रेनी अभिभावकले आफ्नो पत्रकार छोराको युद्धमा ज्यान गएकोमा फक्स न्यूज बिरुद्ध मुद्धा दायर गरेका छन् । उनीहरुले युक्रेनी पत्रकारको लापरवाहको कारण युद्धमा समाचार सङ्कलन गर्दा मृत्यु भएकोले परिवारद्वारा मुद्दा दायर गरेका हुन् ।

यो अहिले भएको घटना नभई करिव २ बर्ष अगाडी भएको हो । फक्सन्यूजका छायाचित्र पत्रकार (फोटो जर्नालिष्ट ) पियरे जाक्रजेव्स्की र ठेकेदार ओलेक्सान्ड्रा “साशा” कुभ्साइनोभाको युक्रेनमा भएको आक्रमणमा ज्यान गएकोले दुई वर्ष पूरा भएको अवसरमा फक्सन्यूजलाई “लापरवाह र हेल्चेक्रयाई आचरण” मा संलग्न भएर घातक घटनाको लागि दोषी भएको आरोप लगाइएको छ ।

फक्सन्यूजलाई जवाफदेहिता लुकाउन र सामग्रीको गलत प्रस्तुति सुरु गरेको आरोप पनि लगाइएको छ । तत्कालीन सुरक्षा ठेकेदार शेन थमसनलाई जसले कथित रूपमा युक्रेनको राजधानी कीभ नजिकै खतरनाक क्षेत्रमा प्रवेश गर्ने चालक दललाई चेतावनी दिएका थिए।

कुभ्साइनोभाकोका आमाबुवा र थमसनले न्यूयोर्क राज्यको अदालतमा दायर गरेको मुद्दामा फक्स न्यूजलाई मात्रै प्रतिवादी होइन, फक्स सँस्थाका अध्यक्ष इमेरिटस रुपर्ट मर्डोक, फक्स न्यूजका प्रमुख कार्यकारी सुजेन स्कट र संवाददाता बेन्जामिन हललाई पनि प्रतिवादी बनाएको छ ।

दुबै मृत्युको घोषणा त्यस समयमा प्रमुख कार्यकारी स्कटद्वारा गरिएको थियो । समाचार प्रसारण गर्दा गर्दै टोलीको गाडी आक्रमणमा परेको र आगो लागेको थियो । युक्रेनी आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले रुसी सेनाले तोपको गोलाबारी गरेको आरोप लगाए ।

प्रतिक्रिया