उत्तर कोरियाली नेता किम जोङ उनद्वारा सेनालाई युद्धको तयारी पूरा गर्न आग्रह

इनेप्लिज २०८० चैत १ गते १८:१४ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन सेनाको प्रशिक्षणमा सहभागी हुने क्रममा आफ्ना सेनालाई युद्धको तयारी पूरा गर्न आग्रह गरेका छन । उनि नयाँ ढाँचाको ट्यांक (बख्तरबन्द)गाडी अवलोकन गर्ने क्रममा उनले सेनालाई त्यसो भनेका हुन् ।

उनले आफै बख्तरबन्द(ट्याङ्क) चलाएको सरकारी संचार माध्यमले बिहीबार बताएको छ । उनका प्रतिद्वन्द्वीहरू दक्षिण कोरिया र अमेरिकाले आफ्नो वार्षिक सैन्य अभ्यास समापन गरेका छन् ।

किमले ११ दिने दक्षिण कोरिया-अमेरिकी अभ्यासको शुरुवातदेखि सैन्य अभ्यास अवलोकन गरेको यो तेस्रो पटक भएको सिबिएसन्यूजले जनाएको छ ।

बुधवार ट्याङ्क अभ्यासमा किमले देशको नवीनतम बख्तरबन्द (ट्याङ्क)लाई “विश्वको सबैभन्दा शक्तिशाली” भनेर प्रशंसा गरे ।

नयाँ ट्याङ्कले दक्षिण कोरियाका लागि खतरा निम्त्याउन सक्ने एक विश्लेषक याङ युकले बताएका छन् । उत्तर कोरियाको रक्षा मन्त्रालयले गत हप्ता दक्षिण कोरिया-अमेरिकाको प्रतिक्रियामा “जिम्मेवार सैन्य गतिविधि” को धम्की दिएको थियो।

प्रतिक्रिया