बेलायतद्वारा ड्र्यागनफायर नामक लेजर निर्देशित ऊर्जा हतियार (एलडिइडब्लु)प्रणालीको सफल परीक्षण

इनेप्लिज २०८० चैत १ गते ११:१२ मा प्रकाशित

बेलायतले ड्र्यागनफायर नामक लेजर निर्देशित ऊर्जा हतियार (एलडिइडब्लु) प्रणालीको सफल परीक्षण गरेको जनाएको छ।

बेलायतले यस हप्ता नयाँ लेजर हतियार प्रदर्शन गरेको हो । सेनाले लगभग १३ डलरमा प्रति एक प्रहार (शट)मा घातक क्षेप्यास्त्र तथा विमान रक्षा प्रदान गर्न सक्ने बताएको छ ।

सम्भावित रूपमा अहिले काम गर्ने क्षेप्यास्त्र अवरोधक (मिसाइल इन्टरसेप्टर)हरूको लागतमा करोडौं डलर बचत गर्न सक्ने समेत दावी गरेको छ ।

बेलायती रक्षा मन्त्रालयले लेजर निर्देशित ऊर्जा हतियार प्रणालीलाई ड्र्यागनफायरको संज्ञा दिएको छ । परीक्षणको भर्खरै जारी गरिएको श्रब्यदृश्य (भिडियो)ले स्कटल्याण्डमा जनवरीको प्रदर्शनको क्रममा हवाई लक्ष्य विरुद्ध लेजरको सफल प्रयोग भएको मन्त्रालयले भनेको छ।

“यो वायु रक्षाको लागि सम्भावित गेम चेन्जर (अवस्थित अवस्था वा गतिविधिलाई महत्त्वपूर्ण तरिकामा परिवर्तन गर्ने )हो,” श्रब्यदृश्यमा भनिएको छ।

साथै रक्षा मन्त्रालयले ड्र्यागनफायरले “लामो दायराहरूमा” सिक्का जत्तिकै सानो लक्ष्यमा ठ्याक्कै प्रहार गर्न सक्छ, हतियारको सही दायरा वर्गीकृत गरिएको जनाएको छ ।

रक्षा मन्त्रालयले १० सेकेन्डको लेजर मार हान्ने (बर्स्ट फायरिङ)को मूल्य करिब १३ डलर तोकेको छ । यसको विपरित, संयुक्त राज्य अमेरिकाको नौसेनाले हवाई रक्षाको लागि प्रयोग गरेको मानक क्षेप्यास्त्र – २ को प्रति प्रहार २ मिलियन डलर भन्दा बढी खर्च हुने बताएको छ ।

ड्र्यागनफायर लेजर हतियार जनवरीमा ब्रिटिश फायरिङ दायरामा परीक्षण गरिएको बेलायतको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया