अमेरिकाद्वारा हुथी नियन्त्रित यमनमा पानीमुनि रहेको १८ वटा क्षेप्यास्त्र ध्वस्त

इनेप्लिज २०८० फागुन २९ गते ११:१८ मा प्रकाशित

अमेरिकाले हुथी नियन्त्रित यमनमा जहाजमा रहेको प्रति क्षेप्यास्त्र ( एन्टी-शिप मिसाइल )लाई नष्ट गरेको जनाएको छ ।

अमेरिकी केन्द्रिय कमाण्डका अनुसार यमनको हुथी नियन्त्रित क्षेत्रमा सोमबार अमेरिकी आक्रमणले पानीमुनि रहेको १८ वटा एन्टी-शिप मिसाइल(प्रति जहाज क्षेप्यास्त्र )हरू ध्वस्त पारेको छ।

हमाससँग इजरायलको युद्ध सुरु भएको केही समयपछि हुथीहरूले लाल सागर र अडेनको खाडीमा जहाजहरूलाई निशाना बनाउँदै आएका छन् ।

यस समूहले इजरायल र यसका सहयोगीहरूलाई गाजामा आफ्नो आक्रमण रोक्न दबाब दिन खोजिरहेका छन्।

हुथी बिद्रोही हतियारहरू व्यापारी जहाजहरू र अमेरिकी नौसेनाका जहाजहरूका लागि खतरा भएको निर्धारण गरेपछि यो आक्रमण भएको सेन्टमले एक विज्ञप्तिमा जनाएको छ ।

यस अघि गत सोमबार हुथीहरूले दुईवटा सिङ्गापुरको स्वामित्वमा रहेको र लाइबेरियाको झण्डा भएको व्यापारी जहाज तर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । जहाजमा कुनै क्षति नभएको र त्यहाँ कुनै चोटपटक लागेको अहिले सम्म कुनै जानकारी नभएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

गत हप्ता इरान-समर्थित हुथी बिद्रोही लडाकु समूहद्वारा पोतबिहार क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल)ले अडेनको खाडीमा एउटा व्यावसायिक जहाजलाई प्रहार गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।

प्रतिक्रिया