बाल्टिमोरमा कवि नवराज पराजुलीको कविता वाचन सम्पन्न

इनेप्लिज २०८० फागुन २९ गते ०:३० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा कवि नवराज पराजुलीको कविता वाचन सम्पन्न भएको छ । गत शनिबार मार्च ९ का दिन बाना भवनमा आयोजित उक्त कार्यक्रमलाई नवराज पराजुलीको कविता कन्सर्ट नाम दिईएको थियो ।

उक्त कार्यक्रममा मेरिल्याण्ड राज्य वरपर बसोबास गर्ने थुप्रै साहित्यकार लगायत बिभिन्नसंघ/संस्थाका प्रतिनिधि साथै कवितामा अभिरुचि राख्नेहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रम ६ बजे सुरुवात गरिएको थियो । कुशल पोख्रेलले गीतहरुको प्रस्तुति कविता अगाडि भक्तराज आचार्यको गीत गएका थिए ।

७ः३० कविता सुरु भएको थियो भने बानाका महासचिव-सागर घिमिरेबाट कार्यक्रमको बारेमा छोटो पृष्ठभुमी अनि केही आधारभूत नियमहरुको बारेमा बताएका थिए । बानाका अध्यक्ष सुवोध विलास पन्तले स्वागत मन्तब्य राखेका थिए ।

नवराज पराजुलीले आफ्ना चर्चित कविताहरु ह्याप्पी बर्थडे ‘ “उ” “एक्लै “ जस्ता कविताहरु वाचन गरेका थिए । त्यहाँ उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए।

कार्यक्रमको अन्त्यमा सुनिता बस्नेत थापा लगायत अन्य केहि कविहरुले पनि कविता वाचन गरेका थिए । कविद्वारा लिखित पुस्तक पनि खरिद गर्न इच्छुक हरुको लागि त्यहाँ राखिएको थियो ।

नेपाली साहित्य क्षेत्रमा एक चर्चित नाम कवि नवराज पराजुलीले अमेरिकाको बाल्टिमोरमा आफ्नो दोस्रो “कविता कन्सर्ट” गरेका हुन् । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका बानाले आयोजना गरेको कार्यक्रम( कन्सर्ट)मा साहित्य प्रेमी नेपाली समुदायलाई आमन्त्रित गरिएको थियो ।

प्रतिक्रिया