हिमानी ट्रष्ट मेरिल्याण्डले मनायो नारी दिवस -२०२४

इनेप्लिज २०८० फागुन २८ गते २२:२४ मा प्रकाशित

बाल्टिमोर, अमेरिका । गत मार्च १० तारीखका दिन हिमानी ट्रष्ट अमेरिकाको पहलमा ११४ औ नारी दिवस २०२४ मेरिल्याण्डको बाल्टिमोरमा भब्यताका साथ मनाईयो ।

समाजसेवी तथा नेतृ उमा शाहको प्रमुख आतिथ्य, विशेष अतिथि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महत, बानाका अध्यक्ष सुवोध विलास पन्त, सुदुरपश्चिम समाज मेरिल्याण्डका अध्यक्ष तथा बानाका सल्लाहकार दमन विक्रम शाह, पानस मेरिल्याण्डका अध्यक्ष पारसमणी श्रेष्ठ, नासो तथा जनसम्पर्क समिति मेरिल्याण्डका सभापति राजेन्द्र सेन्चुरी, पिडीआरसी का सिईओ भिम बिके बानाका वरिष्ट उपाध्यक्ष लक्ष्मी भारती, ब्यवसायी बिनोद उप्रेती लगायतका गन्यमान्य ब्यक्तिहरु तथा हिमानी ट्रष्ट मेरिल्याण्डका पदाधिकारीहरुको उपस्थितमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रमको अध्यक्षता हिमानी ट्रष्ट मेरिल्याण्ड ब्युरोका एम्बेष्डर केमिका भण्डारीले गर्नु भएको थियो ।

राधा शर्माले संचालन गर्नु भएको कार्यक्रममा पार्वती सिंहले स्वागत मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुबाट मन्तब्य राख्ने क्रममा नारीहरुको महत्वका बारेमा प्रकाश पार्नुका साथै नारी दिवसको आयोजना गर्नु भएको धन्यवाद ज्ञापन गर्नु भयो ।

ब्युरोको स्थापना भएको छोटो अवधिमा नै मेरिल्याण्ड ब्युरोको गतिशिलता प्रति प्रशंसा गर्दै आगामी दिनहरुमा अझ बढि सक्रियताका साथ अघि बढ्न र रचनात्मक कार्यक्रमहरु संचालन गर्न सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया