बेलायती न्यायाधीशद्वारा ट्रम्पलाई पूर्व बेलायती जासुस क्रिस्टोफर स्टिललाई ३८० हजार डलर तिर्न आदेश

इनेप्लिज २०८० फागुन २६ गते १२:५५ मा प्रकाशित

बेलायती न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्व बेलायती जासुस क्रिस्टोफर स्टिललाई ३८० हजार डलर तिर्न आदेश दिएका छन् ।

ट्रम्पले क्रिस्टोफर स्टिल बिरुद्ध श्रृंखलाबद्ध रुपमा उनको बारेमा लेखे पछि ट्रम्पले प्रतिष्ठालाई हानि पुर्‍याएको र बेलायती तथ्यांक गोपनीयता कानूनको उल्लङ्घन गरेको दावीमा २०२२ मा लन्डनको एक अदालतमा स्टिलको ओर्बिस बिजनेस इन्टेलिजेन्स नामक संस्थालाई मुद्दा हालेका थिए ।

तर फेब्रुअरीमा न्यायाधिस करेन स्टेनले ट्रम्पलाई उनको कानूनी शुल्कको लागि स्टिललाई क्षतिपूर्ति दिन आदेश दिएका थिए ।

न्यायाधीशको आदेश बिहीबार सार्वजनिक गरिएको छ । न्यायाधीशले ट्रम्पलाई भुक्तानी कार्यान्वयन गर्न २८ दिन दिएका छन् । गत महिना ट्रम्पलाई न्युयोर्क महान्यायाधिवक्ताले ल्याएको देवानी धोखाधडी मुद्दामा कूल ४६ मिलियन जरिवाना र ब्याज लगाइएको थियो।

साथै यस हप्ता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखक ई. जीन क्यारोलले ल्याएको मानहानीको मुद्दामा फैसलाको लागि ९१ मिलियन डलरको जमानत सुरक्षित गरेका छन्।

प्रतिक्रिया