रबिन शर्मालाई अमेरिकामा अमेरिकाका राष्ट्रपति को तर्फबाट “राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार

इनेप्लिज २०८० फागुन २५ गते १:०१ मा प्रकाशित

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।

गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मको बारेमा बुझाउँदा भनेको श्लोक हो यो । मानव जीवनमा जसले श्लोकलाई मध्यनजर गरेर कर्म गरेको हुन्छ उस्को सफलता निश्चित हो । आफूले कर्ताको भाव बिर्सेर कर्म गरेपछि सफलता प्राप्त गर्न सजिलो हुने कृष्णको भनाइको पछिल्लो उदाहरण हुनुहुन्छ पर्वतका रबिन शर्मा ।

सन् २००६ मा अमेरिका पुगेका उहाँ नेपालमा हुँदा पनि समाजसेवालाई आफ्नो कर्म सम्झेर गर्दै आएका थिए। नेपालको पर्वत कुस्मा बजार स्थायी बासी उहाँलाई व्यक्तिगत काम भन्दा धेरै समाजसेवामा विश्वास छ। समाज सेवा गरे वापतको प्राप्तिको राम्रो जानकारी छ। उहाँ आफूले गरेको समाजसेवालाई कर्मका रुपमा लिएर अगाडि बढ्नु भएको छ।

सन २०१२ देखी पर्वन समाज अमेरिका को संस्थापक हुदै अहिले पर्बत समाज अमेरिका को अध्यक्ष र अन्तरराष्ट्रिय पर्बत समाज को अमेरिका संयोजक रहनु भएको उहाँ पर्वतमा भएका सबै खालका दिन दुःखी र आयश्रोत कम भएकालाई विरानी लाई सहयोग गर्दै आउनु भएको छ। संस्थागत सहयोग गर्दा धेरै दिन दुःखीको भलो हुने हुँदा उहाँले अमेरिकाको ५०१ सि मा दर्ता भएको पर्वत समाज अमेरिका संस्था चलाउनु हुन्छ ।

समाज परिवर्तनका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट क्रान्ति गरेको हुन्छ । समाज परिवर्तनका लागि दिएको योगदान नै उसको क्रान्ति हो । समाज परिवर्तनको सबै भन्दा ठूलो क्रान्ति समाजसेवाबाट सुरु हुन्छ । समाज सेवामा लागेका व्यक्तिहरू सम्मानित र अपमानित दुबै भएका हुन्छन्।

नेपाली समाजमा समाजसेवामा लागेका व्यक्तिलाई काम नभएको दर्जाका रुपमा हेर्ने गरिएको पाइन्छ । तर, नेपालका समाजसेवी अमेरिका पुगेर अमेरिकी राष्ट्रपति जो बाइडेनबाट सम्मानित हुनुभएको छ । नेपालको पर्वत जिल्लाको कुस्मा स्थायी घर भएका रबिन शर्मालाई अमेरिकामा समाजसेवा र मानवीय सेवा गरेको प्रमाणित गर्दै अमेरिकाका राष्ट्रपति Joe Biden को तर्फबाट “राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार President’s Lifetime Achievement Award” प्रदान गरिएको छ, अमेरिका का राष्ट्रपति बाइडेनले सम्मान तथा प्रमाण पत्र दिनुभएको समाचारले सबैलाई खुसी तुल्याएको छ । यो सम्मान मेरो मात्र नभएर सम्पूर्ण नेपाली समुदाय हो भनेर शर्मा ले भनेका छन।

नेपालबाट अमेरिका पुगेर अफ्ठेरोमा परेकाहरूलाई नेपालि हरु लाई काम खोज्ने काम पनि उहाँले गरिरहनु भएको हुन्छ । पर्वतबाट अमेरिका पुगेकाहरुको पुनर्मिलनका लागि हरेक वर्ष पिक्निकको आयोजना गर्ने युवहरुको विकासको लागि विभिन्न खेलकुद गराउँने काम पनि उहाँले पर्बत समाज बाट गर्दै आउनु भएको छ।

पर्वतको देउपुरमा रहेको स्वास्थ्य संस्था मा बिरामी तथा सुत्केरी महिला हरु सुत्ने बेड नभएर भुई मा सुताउनु पर्ने स्थिति भएको थाहा पाएपछी उहाँ ले ५ वटा बेड हालसालै उपलब्ध गराउनु भएको छ ।उहाँ ले त्यस ठाउँको बिरामी मान्छेको लागि दाताको रुपमा परिचित हुनुहुन्छ । स्वास्थ्य चौकिं बेड अभावमा बस्नु परेको बिरामीहरूलाई बेड भएपछि उपचार गराउन सहज र सरल भएको हो ।

विदेश मा केही कारण ज्यान गएका नेपालीको शव नेपाल ल्याउने प्रक्रिया झन्झटिलो हुन्छ। तर, रबिन शर्माले त्यस्तो अवस्थामा रहेका शवहरुलाई नेपाल पठाउन पर्बत समाज अमेरिका तथा अन्तरास्ट्रिय पर्बत समाज मार्फ़त सहयोग गर्ने गर्नु हुन्छु। उहाँ आवश्यक प्रक्रियामा सहयोग गरेर शव नेपाल पठाउँदै परिवारको मन जित्न सफल हुनुहुन्छ।समाजसेवीको पर्यायवाची शब्द नै अहिले शर्मा बन्नु भएको छ।

प्रतिक्रिया