अमेरिकाको नर्थ क्यारोलाइनामा प्रहरीहरु माथि गोली प्रहार ,संदिग्ध मारिए

इनेप्लिज २०८१ वैशाख १७ गते २२:१५ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको शार्लोटममा भएको गोली काण्डमा प्रहरीहरु माथि गोली प्रहार भएको छ भने संदिग्ध मारिएका छन् ।

प्रहरीका अनुसार धेरै प्रहरीहरुलाई गोली लागेको तर शार्लोटमा सोमबार दिउँसो भएको घटनामा एक संदिग्ध व्यक्तिको मृत्यु प्रहरीले पुष्टी गरेका छन् ।

गोली लागेका व्यक्तिहरूको संख्या र उनीहरुको चोटपटकको अवस्था हाल थाहा नभएको शार्लोट-मेक्लेनबर्ग प्रहरी बिभागले बताएको छ । विभागले “धेरै” प्रहरी अधिकारीहरूलाई अस्पताल लगिएको बताएको छ।

गोलीबारीको समयमा अमेरिकी मार्शल टास्क फोर्स( कार्यबल )को उपस्थिति रहेको र यसले काम गरि रहेको एबिसीन्यूजले जनाएको छ ।

साँझ ५ बजे अगाडी मात्रै प्रहरीले गोली चलेको बताएको करिब तीन घण्टापछि प्रहरीले जानकारी गराए । घटनास्थल खाली गरेपछि कम्तीमा एकजना गोली प्रहार गर्ने संदिग्धको घरमा मृत्यु भएको छ । संदिग्धको कसरी मृत्यु भयो भन्ने कुरा तत्काल स्पष्ट हुन नसकेको एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ । प्रहरीले घरमा बस्ने अन्य दुई व्यक्तिलाई सोधपुछ गरिरहेको उनीहरूले बताए । प्रहरीको स्वाट टोली घटनास्थलमा पुगेको थियो ।

सामाजिक सञ्जालमा एक विज्ञप्ति मार्फत नर्थ क्यारोलाइनाका गभर्नर रोय कूपरले उनी गोलीबारीको बारेमा प्रहरीसँग सम्पर्कमा रहेको बताए । उनले मद्दतको लागि राज्य स्रोतहरू प्रस्ताव गरेका छन्।

प्रतिक्रिया