ट्रम्पले धज्जी उडाएका ट्रम्पका आलोचक अमेरिकी सिनेट अल्पसंख्यक नेता मिच म्याकोनेलले गरे ट्रम्पलाई समर्थन

इनेप्लिज २०८० फागुन २४ गते १२:३३ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचक र बर्षौ सम्म बोलचाल समेत नभएका अमेरिकी सिनेट अल्पसंख्यक नेता मिच म्याकोनेलले ट्रम्पलाई समर्थन गरेका छन् ।

भारतीय मूलकी निक्की हेलीले राष्ट्रपतिको चुनावी अभियान स्थगित गरे पछि वर्षौंदेखि खुला रूपमा ट्रम्पको आलोचना गरेता पनि बुधवार उनलाई राष्ट्रपतिको लागि समर्थन गरेका छन् ।

उनले पूर्व राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि हाम्रो उम्मेदवार हुन भन्दै समर्थन गरे । यो कुनै अचम्मको कुरा हुनु हुँदैन भन्दै उनलाई मेरो समर्थन हुनेछ, म्याककोनेलले भने ।

म्याककोनेलले वर्षको अन्त्यमा सिनेट नेतृत्वबाट राजीनामा दिने घोषणा गरेको एक हप्ता पछि यो आएको हो ।

प्रतिक्रिया