युक्रेनकी प्रथम महिला र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नीलाई राष्ट्रपति जो बाइडेनले सम्बोधन गर्ने स्टेट अफ द युनियन( सयुक्त कंग्रेस भेला )मा आमन्त्रित गरिएको तर उपस्थित हुन उनीहरुले अस्वीकार गरेको ह्वाइट हाउसले बुधवार पुष्टि गरेको छ ।
ह्वाइट हाउसले बाइडेनले युक्रेनलाई थप सहायता स्वीकृत गर्न कांग्रेसलाई दबाब दिने बताएको छ ।
वाशिंगटन पोस्टका अनुसार ह्वाइट हाउसले ओलेना जेलेन्स्का र युलिया नवल्नायालाई प्रथम महिला जिल बाइडेनको नजिकै बस्ने सोच राखेको थियो तर नाभाल्नीकी पत्नीको उपस्थितिले युक्रेनीहरूलाई अप्ठ्यारो पारेको थियो ।
क्राइमियालाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०१४ मा गाभे पछि युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्कालाई अप्ठ्यारो पर्ने र रुसको कट्टर आलोचना गरेको र अन्य बिषयलाई विवाद हुने कारणले अस्विकार गरेकी हुन् ।
राष्ट्रपति जो बाइडेनले बिहीबारको स्टेट अफ द युनियन सम्बोधनमा विदेश नीतिका मुद्दाहरूलाई कसरी सम्बोधन गर्ने र युक्रेनलाई थप सहायताको समर्थन गर्न तल्लो सदनमा बहुमत प्राप्त रिपब्लिकनहरू बीच दवावगर्न जाँदै हुनुहुन्छ भनेर सोध्दा, उनले भनिन्: “राष्ट्रपतिले आफ्नो मुद्दालाई प्रतिनिधि सभाका रिपब्लिकनहरूलाई जारी राख्नु पर्छ । अगाडी बढ्नुपर्छ । सभामुखले राष्ट्रिय सुरक्षाको परिपूरकलाई सभामा राख्नुपर्छ ।
“हामीलाई थाहा छ कि यसले अत्याधिक समर्थन पाउनेछ … हामी राजनीतिलाई हाम्रो राष्ट्रिय सुरक्षाको बाटोमा आउन दिन सक्दैनौं, त्यसैले, राष्ट्रपतिले यो स्पष्ट गर्न जाँदै हुनुहुन्छ,” उनले भनिन्।
प्रतिक्रिया