अमेरिकाको फिलाडेल्फियाको गाडी बिसौनीमा ८ जना विद्यार्थीमाथि गोली प्रहार

इनेप्लिज २०८० फागुन २४ गते १:३८ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियाको गाडी बिसौनीमा ८ जना विद्यार्थीमाथि गोली प्रहार भएको छ ।

फिलाडेल्फियाको सेप्टा बस स्टप अर्थात् गाडी बिसौनीमा बुधबार दिउँसो गोली चल्दा आठ विद्यार्थीलाई गोली लागेको छ भने एक विद्यार्थीको अवस्था गम्भीर रहेको फिलाडेल्फिया प्रहरीले जनाएको छ ।

फिलाडेल्फियाका प्रहरी आयुक्त केभिन बेथेलले पत्रकार सम्मेलनमा भने स्थानीय समय अनुसार दिउँसो ३:०० बजे विद्यार्थीहरू बस(यात्रीयान)मा चढ्न खोजिरहेका बेला धेरै व्यक्तिहरूले गोली चलाएका थिए ।

बेथेलले सेप्टा गाडी बिसौनी नजिकै रोकिएको गाडीबाट बाहिर निस्केर बसमा चढ्न खोज्दा विद्यार्थीहरूमाथि ३० वटा गोला चलाएको बेथेलले बताए।

सबै आठ पीडितहरू उत्तरपूर्वी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरू थिए । तिनीहरूको उमेर १५ देखि १७ वर्षसम्म रहेको र गम्भीर अवस्थामा रहेका विद्यार्थीलाई धेरै पटक गोली लागेको बेथेलले बताए।

प्रतिक्रिया