हेलीले चुनावी अभियान स्थगित गरे पछि ट्रम्पद्वारा बाइडेनसँग बहस गर्न आह्वान

इनेप्लिज २०८० फागुन २४ गते ०:२७ मा प्रकाशित

भारतीय मूलकी साउथ क्यारोलाइनाकी पूर्व गभर्नर निक्की हेलीले राष्ट्रपतिको उम्मेदवारी स्थगित गरे पछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार राष्ट्रपति जो बाइडेनसँग बहसको लागि आह्वान गरेका छन् ।

कुनै पनि रिपब्लिकनका प्राथमिक बहसमा भाग नलिने ट्रम्पले नै पहिले भनेका थिए । उनी आम चुनावमा बाइडेनसँग बहस गर्न चाहन्छन्।

हाम्रो देशको भलाइको लागि यो महत्त्वपूर्ण छ । जो बाइडेन र मैले अमेरिका र अमेरिकी जनताको लागि धेरै महत्त्वपूर्ण मुद्दाहरूमा बहस गरौं। त्यसैले, म बहसको लागि आह्वान गर्दैछु, जुनसुकै समयमा, जहाँसुकै, जुनसुकै ठाउँमा बहसहरू चलाउन सकिन्छ,उनले भने ।

ट्रम्पले आफनै सामाजिक संजाल ट्रुथ सोशलमा प्रकाशन गरेका छन्।

बाइडेनको अभियानले प्रतिक्रिया दिएको छ । उनीहरूले “उचित समयमा” गर्ने बताए । पूर्व राष्ट्रपतिलाई बाइडेनको दुवै संसदको सम्बोधन (स्टेट अफ द युनियन ) हेर्न आग्रह गरे।

प्रतिक्रिया