स्पेनको टापुमा डुंगा पुग्दा ४ आप्रवासी मृत फेला , ६४ जनाको उद्धार

इनेप्लिज २०८० फागुन २३ गते १२:२४ मा प्रकाशित

स्पेनको क्यानरी टापुमा डुंगा पुग्दा ४ आप्रवासी मृत फेला परेका छन् भने ६४ जनाको उद्धार गरिएको छ ।

पश्चिम अफ्रिकाबाट खतरनाक एट्लान्टिक यात्रा गरी मौरिटानियाबाट एउटा डुङ्गा स्पेनको क्यानरी टापुमा पुग्दा चार आप्रवासी मृत फेला परेको र ६४ जनाको उद्धार गरिएको स्पेनको सामुद्रिक उद्धार सेवाले जनाएको छ ।

आप्रवासीहरू मंगलबार साँझ एल हिएरो टापुमा आइपुगेका थिए । जसमा दुई महिला र नौ नाबालिगहरू सहित बाँचेको उद्धार सेवाले जनाएको छ ।

खराब स्वास्थ्यको कारण दुई जनालाई उदग्रबिमान (हेलिकप्ट)रबाट टेनेरिफ टापुको अस्पतालमा सारिएको थियो भने अन्य १४ जनालाई स्थानीय अस्पतालमा लगिएको थियो।

पश्चिम अफ्रिकामा गरिबी, द्वन्द्व र अस्थिरताका कारण भागेका करिब १२,००० आप्रवासीहरू वर्षको पहिलो दुई महिनामा स्पेनी द्वीपसमूहमा पगेको स्पेनको आन्तरिक मन्त्रालयले जनाएको छ।

यो गत वर्ष टापुहरूमा पुग्ने संख्याको छ गुणा बढी हो। क्यानरी टापुहरूको सबैभन्दा पश्चिमी भागमा पर्ने एल हिएरोले आगमनको चपेटामा परेको छ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार सन् २०२४ मा क्यानरी टापु पुग्ने प्रयासमा कम्तिमा १९१ आप्रवासी मृत वा बेपत्ता भएको विवरण दिइएको छ ।

प्रतिक्रिया