बाइडेन र ट्रम्प दुबैको प्राथमिक निर्वाचनमा शानदार जीत ,निक्की हेली भर्मन्टमा बिजयी

इनेप्लिज २०८० फागुन २३ गते ११:४४ मा प्रकाशित

गत मंगलबार सम्पन्न महामंगलबार प्राथमिक निर्वाचनमा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैको शानदार बिजयी भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा अब मैदानमा ट्रम्प र बाइडेनको भिडन्त हुने पक्का भएको छ ।

गत मंगलबारको जीत संगै बाइडेन र ट्रम्पले ठूलो संख्यामा प्रतिनिधिहरू आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । ट्रम्पको रिपब्लिकनकी प्रतिद्वन्द्वी भारतीय मूलकी निक्की हेलीले भर्मन्टमा बिजयी हासिल गरेकी छिन र केही प्रतिनिधि आफ्नो पक्षमा पर्न सफल भएकी छिन ।

तर उनी ट्रम्पभन्दा धेरै पछाडि छिन्। सिएनएनका अनुसार ट्रम्पले हाल सम्म १,०४० प्रतिनिधि प्राप्त गरेका छन् भने हेलीले ८६ वटा प्रतिनिधि प्राप्त गरेकी छिन । बाइडेनले कूल १,५७२ प्रतिनिधि उठाएका छन् ।

स्मरण रहोस रिपब्लिकन मनोनयन जित्न २,४२९ प्रतिनिधि मध्ये १,२१५ र डेमोक्रेटिक मनोनयन जित्न ३,९२४ प्रतिनिधि मध्ये १९६८ प्रतिनिधि चाहिन्छ ।

प्रतिक्रिया