डा ह्यारी भण्डारी अन्य उम्मेदवारहरूसँग बहसमा खरोरूपमा प्रस्तुत

इनेप्लिज २०८० फागुन २३ गते २:०६ मा प्रकाशित

मेरिल्याण्ड राज्यका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारी अन्य उम्मेदवारहरूसँग बहसमा खरोरूपमा प्रस्तुत हुदै आफ्ना महत्वपूर्ण कार्यसूची(एजेन्डा ) तथा प्राथमिकता राख्न सफल भएका छन्।

उनि अहिले मेरिल्याण्ड राज्यको क्षेत्र ८ का बिधान सभा सदस्य हुन् तर उनि अहिले डिसी अमेरिकी संसदको मेरिल्याण्डको दोस्रो कंग्रेसनल जिल्लाको उम्मेद्वार हुन् ।

उनले अमेरिकी प्रतिनिधि सभाका सदस्य अर्थात् संसदको लागि उम्मेदवारी दिदै गर्दा जिल्लाका अन्य उम्मेदवारहरूसँग बहसमा खरोरूपमा सहभागिता जनाए।

उनले विदेशी विद्यार्थीहरूका लागि आप्रवासन प्रक्रियाहरूमा सुधार गर्ने र कांग्रेसका प्रतिनिधिको रूपमा कानूनी आप्रवासनका अवरोधहरू कम गर्न,सबैका लागि स्वास्थ्य सेवाका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे ।

भण्डारीको ज्ञान र अनुभवले उनलाई सबैभन्दा योग्य उम्मेदवारको रूपमा प्रस्तुत गरे ।

प्रतिक्रिया