विभिन्न सञ्चार माध्यमले चरित्र हत्या गरेको भन्दै युवा सङ्घ नेपालका केन्द्रीय सदस्य शोभा पाठकले उजुरी

बेद प्रसाद घिमिरे २०८० फागुन २२ गते ११:२३ मा प्रकाशित

नेकपा एमालेको भ्रातृ संगठन युवासंघ, नेपालका केन्द्रीय सदस्य शोभा पाठकले आफ्नो चरित्रहत्या गरेको भन्दै केहि अनलाइनविरुद्ध प्रेस काउन्सिल, नेपालमा उजुरी दिनुभएको छ ।

पाठकले केही अनलाइनले चरित्रहत्या गर्ने मनसायले आफ्नो व्यत्तिगत फोटो तथा एकपक्षीय समाचार सम्प्रेषण गरेको भन्दै कारबाही माग गर्दै आइतबार प्रेस काउन्सिलमा निवेदन दिनुभएको हो ।

उहाँले आफ्नो निजी जीवनसँग सम्बन्धित विषयलाई लिएर केही अनलाइनले आफ्ना दाजुभाई तथा पूर्वपतिसँगको फोटो जोडेर ‘हनी ट्रयाप जस्तो जघन्य अपराध गरेको, अर्काको जग्गा हडपेको र विभिन्न व्यक्तिलाई फसाउन खोजेको’ लगायतका समाचार एकपक्षीय रुपमा प्रकाशित गरेर आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै ती अनलाइनलाई कारबाहीको माग गर्नुभएको छ ।

विभिन्न ५ अनलाइन न्यूज पार्टलले आफ्नो गोपनीयता उल्लंघन गरेको हुँदा ती न्यूज पोर्टललाई कारबाही गर्न माग गर्दै उहाँले झूठा समाचार हटाउन समेत माग गर्नुभएको छ। केही दिन पहिला पाठक बस्ने कोठामा अज्ञात समूह प्रवेश गरी पाठकका गरगहना सहित मोबाइल लुटिएको थियो। यस्तै चरित्र हत्या गर्ने विभिन्न अनलाइनका समचार दाताहरूले फोनमा म्यासेजमा धम्क्याउने मानसिक टर्चर दिने गरेको गुनासो सामाजिक सञ्जालमा राख्दै आउनुभएको छ।

प्रतिक्रिया